तपाइको वाइफाई स्लो भएको त छैन ? स्पीड दोब्बर बनाउने सरल उपाय यस्ता छन्
एजेन्सी | मानिसको जीवनमा प्रयोग हुने सुचना प्रविधिको विकासले जीवन यापनमा सहजता ल्याउदै गरेको छ | विश्वलाई एउटा सानो घरको रुपमा विकास गराउन सफल माध्यम भनेकै सुचना र प्रविधि हो | विश्वको कुनै एक ठाउमा भएको घटनालाई तत्काल संसार भरिका मानिसहरुले एक मिनेटमै घरमै बसेर थाहा पाउन सक्छन | यो सम्पूर्ण कुरा सुचना तथा प्रविधिले नै भएको हो | अहिले यस्तो सुचना प्रविधिको विकास भएको दुनियामा सबैले घर घरमा वाइफाई राख्ने गरेका छन् | यदि तपाइको घरमा पनि वाइफाई राखिएको छ र नेटवर्क स्लो भएर हैरा हुनुहुन्छ भने स्पिड बढाउँन सक्नुहुन्छ |
यदि त्यस्तो समस्या छ भने तपाईलाई यसको बारेमा जानकारी दिने छौ जुन पुरानो राउटर नबद्लिकानै आफ्नो वाइफाई स्पिड बढाउँ सक्नु हुनेछ | जसको लागि यस्ता उपाएहरु अपानुनुहोस |
१. राउटर राखिएको स्थान: वाइफाईको राउटर राखिएको स्थान कहा हो, कस्तो स्थानमा राखिएको छ जसले गर्दा तपाइको वाइफाई स्पिडमा असर पर्ने गर्दछ | राउटर कस्तो ठाउँमा राख्नुभएको छ भन्नेकुराम तपाइले ख्याल राख्नु पर्द छ | विचार गर्नुहोस् । तपाइले राउटर भुइमा राखिएको छ भने त्यसले तपाइको खासै वाफाई स्पिड दिदैंन | त्यसकारण राउटर घरको माथिल्लो स्थानमा राख्नुहोस जसले गर्दा तपाइको वाइफाई स्पिड बढ्ने छ |
२. कति दूरीमा छ वाईफाई राउटर: तपाइले राखेको राउटरको दुरी कति टाढा छ त्यसले पनि प्रभाव पार्दछ | त्यसैले निश्चित सीमा तोकिएको हुन्छ | सोहि ठाउमा वाइफ़ाइको राउटर राख्दा राम्रो हुन्छ | सो राउटरको
३. वरिपरिको वातावरण: वाइफाई स्पिडमा वरिपरिको बतावारंले पनि प्रभाव पार्ने गर्दा छ | वाईफाई सिग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रीट र मेटल हो । वाईफाईको वरिपरि सकेसम्म मेटलका सामाग्रीहरु नराख्नुहोस् । त्यसैगरि अन्य इलेक्ट्रोनिक्स उपकरणहरु पनि छेउछाउमा नराख्नुहोस् । त्यस्तै कंक्रिट पर्खाल तथा भित्ताहरुले पनि वाईफाईको सिग्नल रोक्नेहुँदा त्यस्तो स्थानमा सकेसम्म राउटर नराख्नुहोस् । जसले गर्दा तपाइको वाइफाई स्पिड बढ्ने छ |
४. वाईफाई राउटर राख्ने सहि दिशा : वाईफाई राउटरले ३६० डिग्री एंगल एरिया कभर गर्ने हुदा | सबै दिशाहरुमा एकै प्रकारले समान तहको सिग्नल पठाउने गर्दछ । त्यसैले जुन दिशामा वा स्थानमा बसेपनि केहि फरक पर्दैन तर तपाईँको वाईफाई राउटरको स्थान र प्रयोग गर्ने डिभाइस कुन स्थानमा छ भन्ने बुझ्नुहोस र त्यसको बिचमा कुनै अवरोधहरु त छैनन भन्ने हेर्नुहोस् |
५. रिपीटर डिभाइसको प्रयोग : तपाकिको वाइफाई स्पिड अझै पनि बढेको छन् भने वाईफाई सिग्नल बुस्टर डिभाइस उपकरणले तपाईँको वाईफाई राउटर र डिभाइसको दूरी केहि बढि भएपनि वाईफाई सिग्नललाई बढाउन सहयोग गर्दछ | जसले गर्दा तपाइको वाइफाई स्पिड दोब्बर रुपमा बढ्ने छ |
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
