भिआइपीको टिका
काठमाण्डौ । विहान १० बजेर ३५ मिनेटमा सुरु भएको यस वर्षको विजया दशमीको टिका राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट टिका तथा जमरा ग्रहण गर्नुभएको छ । त्यसैगरी प्रधानमन्त्री केपी ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट टिका लगाउनुभयो ।
राष्ट्रपति भण्डारीले शितल निवास र प्रधानमन्त्री ओलीले वालुवाटारमा टिका लगाउनुभएको हो । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले बुबा रामसुर पुनको हातबाट टिका लगाउनुभयो ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टिका ग्रहण गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भाउजु विष्णुमाया पौडेलेको हातबाट टिका लगाउनुभयो । पूर्व राजा ज्ञानेन्द्र शाहले आमा रत्नको हातबाट टिका ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाएका छन् ।
यस्तै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उहाँकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाए ।
यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाए ।
हेर्नुहोस भिडियोमा
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
