काठमाडौं, २१ असोज । निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट विजयदशमीको टीका थाप्न सर्बसाधारणको भिड लागेको छ। सदाको वर्ष झैँ पुर्व राजाले टिका लगाउन आउनेहरुलाई अपरान्ह ४ बजे पछी टिका सुरु गरेका थिए ।
पुर्व राजाको हातबाट टिका थाप्न बृद्दबृद्दा देखि महिला पुरुष र बालबालिकाहरुको समेत लाइन लागेको थियो । सर्बसाधारण मात्र हैन विभिन्न समाज सेवी, नेताहरु तथा राष्ट्रसेवक प्रहरी र कर्मचारीले समेत पुर्व राजाको हातबाट टिका ग्रहण गरेका थिए ।
टिका लगाउदाको क्षणको भिडियो हेर्नुहोस ।





