भारतमा सीको स्वागतको लागि १८ प्रकारका तरकारी र फलफुलको गेट
असोज २४, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी जिनपिङ बीच आज तमिलनाडुको महाबलीपुरममा अनौपचारिक भेट हुँदैछ । दुवै नेताहरुको स्वागतको लागि त्यहाँ पन्च रथको साथै एक निकै ठूलो गेट बनाईएको छ । जसको सजावटमा १८ प्रकारका तरकारी तथा फलफुलको प्रयोग गरिएको छ । जुन फल र तरकारी तमिलनाडुका विभिन्न क्षेत्रबाट मगाइएको हो ।
डिपार्टमेन्ट अफ हल्टिकल्चरका एडिशनल डाईरेक्टर तमिलवेधनले बताए अनुसार उक्त गेटमा प्रयोग गरिएको अधिकांश तरकारी अर्गानिक हुन् र सिधै बारीबाट उक्त गेट बनाउनको लागि ल्याईएको हो । शोर मन्दिरसंगै बनेको गेटमा परम्परागत केराको रुखले सजाईएको छ । सेतो र रातो रंगको गुलाफको फुलको प्रयोग डेकोरेशनमा प्रयोग भएका छन् । दुवै नेताहरुको बीच यो दोश्रो अनौपचारिक भेट हो ।

तमिलनाडुमा बंगालको खाडी किनारा स्थित महाबलीपुरम शहर चेन्नईबाट करीब ६० किमी टाढा छ । यसको स्थापना धार्मिक उद्देश्यले ७ औं सताब्दीमा पल्लव वंशको राजा नरसिंह वर्मनले गराएका थिए । नरसिंहले मामल्लको उपाधि धारण गरेका थिए, यसैले यसलाई मामल्लपुरमको नामबाट पनि चिन्ने गरिन्छ । एक रिपोर्टका अनुसार एस स्थानमा चीन, फ्रान्स र रोमको प्राचीन सिक्का धेरै शंख्यामा भेटिएको छ । प्राचीन बंदरगाह महाबलीपुरमको करीब २००० बर्ष पहिले चीनसंग बिशेष सम्बन्ध रहेको अनुमान छ ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
