ट्रम्प र पुटिन नेपाल आउने !
काठमाडौं, २९ असोज । सरकारले शक्तिशाली देशका राष्ट्र प्रमुखहरुलाई नेपाल भ्रमणमा ल्याउने पहल थालेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि संयुक्त राज्य अमेरिका र रुसका राष्ट्रपतिलाई समेत नेपाल भ्रमणमा ल्याउने गरी सरकारले पहल थालेको हो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणमा निम्तो दिने तयारी भएको खुलासा गरेका छन् । ट्रम्प र पुटिनलाई नेपाल ल्याउन सरकारले कुटीतिक पहल थालिसकेको उनको खुलासा थियो । बुधबार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा उनले भने, ‘निकट भविष्यमा ट्रम्प र पुटिन पनि नेपाल आउनुहुन्छ, त्यसकालागि हामीले पहल थालिसकेका छौं ।’
नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले देशलाई नयाँ उचाईमा पुर्याएको दाबी गरे । कुटनीतिक रुपमा सरकार सफल भएको भन्दै नेपालमा विश्वका शक्तिशाली देशका नेताहरु भ्रमणमा आउने बताए ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आएलगत्तै नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई वासिङटनमा निम्तो गरी भेटवार्ता गरिसकेका छन् । अमेरिकाको नेपालमा चासो बढिसकेको छ । तर, अमेरिकी उच्च अधिकारीको भ्रमणको सम्भावना न्यून छ ।
रुससँग नेपालको लामो कुटनीतिक सम्बन्ध रहेपनि उच्च तहमा भ्रमण नभएको दशकौं भइसकेको छ । यस अवस्थामा विश्वका शक्तिशाली नेतामध्येका रुसी राष्ट्रपति पुटिनको भ्रमणको सम्भावना पनि न्युन छ । यस अवस्थामा नेकपाका उपाध्यक्ष वामदेव गौतमको दाबीलाई अर्थपूर्ण भने मान्नुपर्छ । Photo Source: Agency
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
