अविवाहित छिरिङको पुत्रका रुपमा काठमाडौंमा जन्मिएका थिए भुटानका राजा जिग्मे
रिपोर्टर्स नेपाल, २ कात्तिक । २१ फेब्रुअरी सन् १९८० मा भुटानी मूलको बालकको काठमाडौंस्थित अस्पतालमा जन्म भयो । भुटान सरकार देखि नेपाल सरकारले समेत ती बालक भुटानको शाही परिवारका हुन् भन्ने सूचना पाएन ।
बालककी आमा छिरिङ योङडोन अविवाहित थिइन् । भुटानी सेनाका वरिष्ठ अधिकारी याब युगेन डोर्जीकी छोरी थिइन् छिरिङ ।छिरिङले जन्म दिएकी बालकको नाम पछिमात्र जिग्मे केशर नामग्याल वाङचुक राखियो । शुरुमा उनको नाम जिग्मे गेसर थियो ।
बालक नामग्याल आठ वर्षको भएपछि मात्र भुटानी राजा जिग्मे सिङ्गे वाङचुकसँग विवाह भएको थियो । सन् १९८८ मा छिरिङसँगको विवाहलगत्तै राजा वाङचुकले नामग्याललाई भुटानको राजगद्दीको उत्तराधिकारी घोषित गरे ।आठ वर्षको उमेरमा युवराज घोषित भएका नामग्याल भुटानको भावी राजाका लागि तयार गरिएका थिए । उनलाई विदेशमा विशेष शिक्षादिक्षा दिइएको थियो ।
१४ डिसेम्बर सन् २००६ मा नामग्याल राजा घोषित भए । उनको राज्याभिषेक ६ नोभेम्बर सन् २००८ मा भयो ।भुटानको राजा भएपछि पनि नामग्याल काठमाडौंमा जन्मिएको रहस्यकै गर्भमा थियो । उनले यसको खुलासा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा गरे । उनी नेपाल भ्रमणमा आउँदा आफू जन्मिएपछि बाल्यकालमा केही समय बिताएको घरमा समेत पुगेका थिए ।
राजा नामग्याल राजा नभएसम्म काठमाडौंमा जन्मिएको खुलासा नगर्नुमा एउटा कारण थियो । भुटानको नागरिक हुन भुटानमै जन्मिएको हुनुपर्ने कानुनी व्यवस्था छ ।जे होस्, भुटानी राजा जिग्मे केशर नामग्यालको काठमाडौंसँग भावनात्मक सम्बन्ध छ । उनले बेला बेलामा नेपाली अधिकारीहरुसँगको भेटमा यसलाई व्यक्त गर्छन् ।
नेपाली राम्रो बोल्न सक्ने भुटानी राजा नामग्यालले भुटानका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँग आफू काठमाडौंमा जन्मिएकाले नेपालसँग भावनात्मक साइनो रहेको खुलाए । राजदूतका रुपमा ओहदाको प्रमाणपत्र लिने क्रममा आचार्यलाई भुटानी राजाले यसको जानकारी दिए ।
(इन्द्र अधिकारीले सन् २०१० मा आइपीएमा प्रकाशित गरेको लेखेलाई केही सम्पादन गरी पछिल्लो घटनासँग जोडेर प्रकाशित गरिएको हो)
Photo Sources: Royal Bhutan, Pinterest and Facebook of HE Nilamber Acharya
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
