कतारद्वारा सबै देशका कामदारलाई न्यूनतम तलब तोक्ने कानुन पारित, कहिलेदेखि लागु हुन्छ ?
असोज ३०, काठमाडौँ | खाडी नेपालीहरुको बैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो । झन्डै ४ लाख नेपाली कामदार रहेको कतारले न्यूनतम तलब तोक्ने कानुन बुधबार पारित गरेसंगै कतारमा रहेका नेपाली सहित सबै देशका कामदारहरुलाई राहत हुने भएको छ ।कानुनमै न्युनतम तलबको व्यवस्था लागु भएपछि अहिलेजस्तो कतार जाने अदक्ष कामदारको तलब ९ सय रियाल निर्धारण गरेपनि रोजगारदातालाई कतारले ७ सय ५० रियाल दिन मात्रै बाध्य बनाएको अवस्था हट्नेछ । यसका साथै सबै देशका कामदारले समान तलब र कतारको कानुनले तोके बमोजिम न्युनतम तलब पाउनेछन् ।
खाडी मुलुकहरुमा कामदारको न्यूनतम तलब तोक्ने कानुन बनाउने पहिलो देश कतार बनेसंगै आइएलओले कतारको प्रशंशा गरेको छ । कतारले सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम तलब तोक्ने कानुन बुधबार पारित गरेसंगै आँउदो जनवरीदेखि यसलाई कार्यान्वयन गर्ने तयारी गरेको छ । बुधबार बसेको कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरेको छ । कानुन बनाउने प्रक्रियामा सुरा काउन्सिलले सल्लाह मात्रै दिने हो । यसैले पनि अब पारित कानुन लागु हुन मात्र बाँकी हो । न्यूनतम तलब निर्धारण गर्नका लागि प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले संयुक्त अध्ययन पुरा गरिसकेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले कतारको निर्णय स्वागतयोग्य कदम भनेको छ ।
आईएलओले भनेको छ ‘आईएलओले कतार सरकारले गरेको यी सुधारहरूको स्वागत गर्दछ र कतारको राज्यको श्रम बजारलाई रूपान्तरण गर्ने प्रतिबद्धतालाई मान्यता दिन्छ । यी चरणहरूले आप्रवासी कामदारहरूको अधिकारलाई ठूलो समर्थन गर्दछ, जबकि यस व्यवस्थाले अधिक कुशल र उत्पादक अर्थव्यवस्थामा योगदान पुर्याउँछन् । कतारमा चलिरहेको आईएलओ प्राविधिक सहयोग कार्यक्रमले सामाजिक न्यायलाई अगाडि बढाउन र मुलुकमा भद्र कामलाई प्रोत्साहित गर्न सरकारको प्रयासमा ठोस योगदान पुर्याएकोमा म खुसी छु। ” आईएलओका महानिर्देशक गाय राइडरले भने । एनओसी आवश्यकताको अन्त्यले कतारमा काम गर्ने श्रमिकहरूलाई प्रारम्भिक प्रोबेशनरी अवधिको बमोजिम स्वतन्त्र रोजगारदाता परिवर्तन गर्न अनुमति दिनेछ । यदि उनीहरूले यस अवधिमा रोजगारदाताहरू परिवर्तन गर्न चाहान्छन् भने, नयाँ रोजगारदाताले कामदार लिँदा लागेको लागत खर्च पहिलो मुख्य रोजगारदातालाई फिर्ता दिनुपर्नेछ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
