• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ साउन २०८३, बुधबार
०६ साउन २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
  • २२ घण्टा 

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
  • २२ घण्टा 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
  • २३ घण्टा 

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • १ दिन 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • १ दिन 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • १ दिन 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • १ दिन 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

  • २. मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना

  • ३. चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

  • ४. २०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

  • ६. साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

  • ७. देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८. घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम

  • ९. पर्सामा चट्याङ पर्दा सात जना घाइते

  • १०. अर्जेन्टिनाका लागि ‘अनलक्की रेफ्री’ ले खेलाउँदै छन् विश्वकप फाइनल

भुइँ स्याउको व्यवसायीक खेती गर्ने तरिका

admin २०७६, कार्तिक, ३

यो फल नेपाली हावापानीमा सजिलै हुर्काउन सकिने, बजारमा माग भएको र ओखतीजन्य भएकाले यसको व्यावसायिक खेती विस्तार गर्न सबै सरोकारवालाहरु लागि परेको देखिन्छ।जाँगरिला युवा कृषकका लागि नेपालमा थोरै लगानीमा धेरै आम्दानी दिने बालीहरू छन् । पैसा कमाउन विदेशै जानुपर्छ भन्ने छैन । मनपरेको बाली छनोट गरी ज्ञान, सीप र प्रविधि उपयोग गरे राम्रो आम्दानी लिन सकिन्छ ।

उत्पादन, प्रशोधन र बजारीकरणमा भने ध्यान दिनुपर्छ । सुरुमा केही कठिन लागे पनि निरन्तर लागिपरे कृषि व्यवसायले फाइदा दिन्छ । त्यसलाई सफल पार्न कृषि विज्ञ, व्यावसायिक किसान र व्यापारीको पनि अनुभव र सल्लाह लिनुपर्छ । के गर्ने, कहाँ गर्ने, कसरी गर्ने भनी मन डुलिरहेको छ भने विदेशमा सफल भई नेपाल भित्रिएको औद्योगिक बाली याकोनको खेती उपयुक्त छ । यसले परिवारको आर्थिक अवस्थामा ठूलो परिवर्तन ल्याउन सक्छ ।

याकोन दक्षिण अमेरिकाबाट फैलिएको बहुवर्षीय वनस्पति हो । बोट १–२ मिटर अग्लो र ठाडो हुन्छ, पातहरू ठूला र लाम्चा हुन्छन् । फूल सूर्यमुखीको जस्तै हुन्छ । जरा वरिपरि सखरकन्द जस्तै लाम्चा गाना लाग्छन्, जुन रसिलो र गुलियो हुन्छ । अलिअलि स्याउको जस्तो बास्ना आउँछ । त्यसैले यसलाई भुइँ स्याउ पनि भनिन्छ । कन्द (ट्युबर) सुन्तले, गुलावी, वैजनी रङको हुन्छ । सखरकन्द जस्तै देखिने र कार्बोहाइड्रट धेरै हुने भएकाले यसलाई सखरखण्ड स्याउ पनि भन्न सकिन्छ । कन्दलाई सलाद, जुस, तरकारी, औषधी आदि प्रयोजनमा ल्याइएको छ । पातलाई चियाको सट्टा प्रयोग गरिन्छ । धेरै देशले यसलाई औद्योगिक बालीका रूपमा अपनाइरहेका छन् ।

नेपालमा याकोन भित्रिएको तीन दशक भए पनि धेरैलाई यो नौलै छ । एक जापानीले सन् १९८० तिर पहिलोपटक पोखरामा ल्याएका थिए । तर बोक्रा ताछेर खान नजान्नाले एक दशकसम्म खाद्य प्रयोजनमा आउन सकेन । याकोन समशितोष्ण हावापानीमा हुने बाली हो । तापक्रम १५–३० डिग्री सेल्सियस र आर्द्रता ६०–७० प्रतिशत उपयुक्त हुन्छ । १,००० देखि २,५०० मिटरसम्मको क्षेत्रमा खेती गर्न सकिन्छ । पानी जम्ने र सुख्खा जमिन ठिक हुँदैन । धेरै प्रकारको माटोमा हुन्छ, तर बलौटे दोमट र खुकुलो माटो उपयुक्त हुन्छ । प्राङ्गारिक पदार्थ पर्याप्त भएको माटोमा फस्टाउँछ । नेपालको धेरै क्षेत्रको हावापानी र माटो याकोन खेतीको लागि उपयुक्त छ ।

बिउको स्रोत :

याकोन कृषक र व्यवसायी हुन्, जसलाई जिल्ला कृषि विकास कार्यालयले खोजिदिन सक्छ । एउटा गानो बिउलाई २० देखि ४० रुपैयाँ पर्छ । बोटको वृद्धिसंँगै उत्पादन पनि धेरै दिनसक्ने बाली भएकोले पूर्ण क्षमताको उत्पादन लिन माटोमा खाद्य तत्त्वहरू त्यही अनुसार उपलब्ध हुनुपर्छ । याकोन लगाउने जग्गा राम्रोसंँग जोतखन गरी आलु लगाउनका लागिजस्तै तयार पार्नुपर्छ । त्यसमा २–२ फिटको फरकमा ड्याङ बनाई १ फिट गहिरो र १ फिट चौडा खोपिल्टा खनी १ देखि २ केजी गाई–भैंसीको मल हालेर माटोसंँग मिलाउनुपर्छ । प्रत्येक खोपिल्टोमा राम्रो स्वस्थ एउटा गानो रोपी फेदमा माटोले थिच्नुपर्छ । त्यसपछि माटो भिज्नेगरी पानी हालिदिनुपर्छ । यो चैत–बैसाखमा रोपिन्छ ।

रोप्ने बेला एकचोटी सिंचाइ गर्नुपर्छ । त्यसपछि सुख्खापन हेरी सिंचाइ दिनुपर्छ । वर्षामा पानी निकासको व्यवस्था गर्नुपर्छ । रोपेको ४–५ सातापछि बिरुवा ३०–३५ सेमि हुन्छ । त्यसपछि आधा केजी पाकेको कम्पोस्ट मल फेदमा हाली माटोले पुरेर अलिकति अग्लो पारिदिनुपर्छ । दोस्रो गोडाइ फूल फुल्नुभन्दा पहिले वर्षायाममा झार धेरै आएको बेला गर्नुपर्छ । रोपेको ६–७ महिनापछि याकोन खन्न सकिन्छ । पुरानो हँुदै जाँदा केही चाउरी परे पनि गुलियोपना बढ्दै जान्छ । खन्ने क्रममा पहिले बोट काटेर हटाउनुपर्छ । बोटको वरिपरि र तलतिर गानो भेट्नेगरी खनिसकेपछि सिंगो बोट निकाली बेर्ना बन्ने तरुल राइजोमहरू नबिग्रनेगरी विस्तारै छुट्याउनुपर्छ । फललाई चोटपटक नलाग्नेगरी डोको वा क्रेटमा हाल्नुपर्छ ।

याकोन एउटा बोटमा २–३ केजी फल्छ । आलुलाई जत्तिकै मिहेनत गर्दा ४–५ गुणा बढी फल्छ । प्रतिकेजी २ सय रुपैयाँ हाराहारीमा बिक्री भएको पाइन्छ । खनेपछि ७–८ महिनासम्म भण्डार गरेर राख्न सकिन्छ । यसमा मधुमेहका रोगीलाई फाइदा हुने औषधीय गुण हुन्छ । याकोनको कन्द सलाद, जुस, तरकारीमा प्रयोग गरिन्छ । कन्दमा पानीको मात्रा ९० प्रतिशत र प्रोटिनको मात्रा पनि धेरै हुन्छ । यसलाई बोक्रा ताछेर सजिलै खान सकिन्छ । जुस, केक, फ्रुट सलाद बनाएर बिक्री गरिन्छ । नेपालमा सिरप, वाइन, जाम बनाएर पनि बेच्ने गरिएको छ । उत्पादन प्रशोधन बढाएर उद्योगका रूपमा विकास गर्न सकिन्छ ।

स्रोत :

डा. टीपी बराकोटी पुस २९, २०७४ मा लेख्नु भएको कान्तिपुरमा प्रकाशित लेखबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

ताजा

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.