दुर्गेश थापा पक्राउ ‘ह्याप्पी तिहार गीत’ युट्यूबबाट हट्यो,
जानकारी केन्द्र
२०७६, कार्तिक, ५
कात्तिक ५, काठमाडौँ | गायक दुर्गेश थापाको विवादित गीत ‘ह्याप्पी तिहार’ अन्ततः यूट्यूवबाट हटेको छ । प्रहरीको अनुरोधमा गायक दुर्गेश थापा आफैले गीत हटाएका हुन् ।
थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र काटेपछि गायक थापा प्रहरीकोमा तानिएका हुन् । जिप्रकालेकाटेको पत्रका आधारमा मंगलबार महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको छ । थापाले टेकु प्रहरी परिसरबाटै उक्त गीत हटाएका हुन् ।
थापाको गीतमा वीयरको प्रचार गरिएको र सांस्कृतिक चाड देउसीलाई विकृत बनाउने काम गरेको आरोप छ । यूट्यूवमा भ्युअरले अत्याधिक आलोचना गरेपछि दुर्गेसले उक्त गीतमा युटुवबाट कमेन्ट गर्न नमिल्ने बनाएका थिए । थापाले गीत हटाएको भएपनि उक्त गीत सामाजिक संजाल र युटुवमा अझै पनि कयौंले पोष्ट गरेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


