• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ चैत २०८२, शुक्रबार
२७ चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ७ घण्टा 

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह
  • १० घण्टा 

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न
  • १२ घण्टा 

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)
  • १४ घण्टा 

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
  • १५ घण्टा 

देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
  • १५ घण्टा 

अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान
  • १५ घण्टा 

कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान
  • १ दिन 

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८२ चैत २८ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि कति ?

  • ८. वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन

दुबईको फेडरल सेक्युरिटीमा गएका युवाहरुको बिचल्ली

admin २०७६, कार्तिक, ५

असोज ३०, काठमाडौँ | चार महिना अघि नेपालका एजेन्ट तथा म्यानपावरलाई ३ लाखदेखि ३ लाख ६० हजारसम्म बुझाएर दुबईको फेडरल सेक्युरिटी सर्भिस एलएलसी कम्पनिमा पुगेका युवाहरुले आफूहरुले सम्झौता अनुसार तलब र काम नपाएको भन्दै गुनाशो गरेका छन् । एसआरएस ओभरसिस मार्फत उक्त कम्पनीमा पुगेका उनीहरुलाई सिवाकोटी म्यानपावर तथा एजेन्टहरु मार्फत चर्को अशुली गरेर दुबई पठाइएको युवाहरुले जानकारी दिएका छन् ।

युएईबाट प्राप्त जानकारी अनुसार दर्जनौं नेपाली युवाहरुले उक्त कम्पनीमा काम नपाएको, काम पाउनेले पनि दैनिक काम गरेको आधारमा मात्र तलब पाएको, तलब दिए पनि सम्झौता अनुरुप नदिएको गुनाशो गरेका छन् । पिडित एक युवाका अनुसार कम्पनिले आफूलाई २८ दिन काम लगाएर ६/७०० दिराम मात्र तलब दिएको गुनाशो गरे । ‘कमाउन आएको तर सुतेर बस्नु परेको छ, भने जति तलब पनि दिदैन, एकै कोठामा १२ जना सुत्नुपर्छ, राति सुत्ने बेलामा कहाँ खालि छ हेरेर घुर्सिने हो ।’ एक युवाले आफ्नो समस्या सुनाए ।

अर्का एक युवाले ३ लाख तिरेर एजेन्टमार्फत कमाई गर्न भनेर दुबई आएको तर यहाँ आएर भनेजस्तो नभएको भन्दै नेपाल फर्केर बैदेशिक रोजगार बिभागमा उजुरी दिने योजना बनाएको बताए । उनले भने ‘गत जेठ १० गते दुबई आएँ । अन्तर्वार्ता लिन गएको कम्पनीको प्रतिनिधिले नै १२०० बेसिक दिने भनेको थियो । अहिले डीपीएस पास भईसक्दा पनि न भनेजति तलब छ न कामनै पाइन्छ । मैले चार महिनासम्म पाएको कुल तलब २७०० दिराम हो ।’ ति युवाको अनुसार उनले सम्झौता अनुसार हालसम्म ५४०० पाउनुपर्ने थियो तर आधा मात्र पाएपछि मिडिया गुहार्नु परेको गुनाशो गरे । उनका अनुसार तीन महिनासम्म १२ सय बेसिक त्यसपछि चौथो महिनाबाट १८ सय दिने भनिएपनि त्यस अनुरुप तलब पाउन नसकेको गुनाशो गरे ।

सोहि कम्पनीमा ८/९ महिना बिताएका युवाहरुले समेत तोकिएको तलब नपाएको युवाहरुको गुनाशो छ । पिडितले भने ‘चार महिनामा २७०० थापेको छु, त्यसैबाट झन्डै झन्डै पाँच महिनासम्म खान र फोन खर्च गर्दा कसरी पैसा बचाउने र घरमा पठाउने ?’ ति युवाले भने ‘१२ जना एउटै रुममा राखेको छ, आधा जस्तो काम गर्न जान्छन्, कोहि सुतेर बस्छन् ।’

पिडितले एजेन्टसँग सम्पर्क गर्दा समस्या कसैलाई सुनाईस भने युएईको पुलिसले तलाई थुन्छ भन्दै डर देखाएको कारण डराएर बस्नु परेको बताए । पिडितका अनुसार उक्त कम्पनीमा २०० भन्दा बढी नेपाली कामदार छन् । आफू दुबई आउँदा तीन लाख बढी तिरेको बताएका उनले दुबई जाने दिन लागत खर्च २० हजार अपुग भएकै कारण बिमानस्थलबाटै निकालिएको बताए । उनले भने ‘आमाबुबाले २० हजार मिलाईदिएपछि म बिमान स्थल छिरेको हुँ । त्यत्रो लागत तिरेर केहि कमाई हुन्छ कि भन्ने आशाले आएको यता त्यहि बेलाको ऋणको ब्याज समेत तिर्ने तलब कमाउन सकेको छैन ।’

अर्का पिडित युवाले भने ‘के सपना बोकेर आएको के-के ? न ड्युटी न् तलब ।’ उनका अनुसार कम्पनीले नेपाली र पाकिस्तानीलाई फरक व्यवहार गर्ने गरेको छ । उक्त कम्पनीले पाकिस्तानीलाई हरेक महिनाको २५ तारिक तलब दिने गरे पनि नेपालीहरुलाई धेरै समय कुराएर मात्र तलब दिएको गुनाशो गरे ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)
बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

ताजा

२०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.