• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १३ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १३ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १६ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १६ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १७ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १९ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • २० घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • २० घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

‘सिधा कुरा जनतासँग’ कार्यक्रममा गुनाशो गर्ने लाइ दुबई प्रहरीले समात्यो !

admin २०७६, कार्तिक, ७

अनिल अधिकारी | कात्तिक ७, काठमाडौँ | न्युज-24 टेलिभिजनमा आफ्नो गुनाशो पोख्ने एक नेपाली युवालाई दुबई प्रहरीले नियन्त्रणमा लिएर ८ घण्टापछि छाडिदिएको जानकारी प्राप्त भएको छ ।

चार महिना अघि नेपालका म्यानपावरलाई ३ लाखदेखि ३ लाख ६० हजारसम्म बुझाएर दुबईको फेडरल सेक्युरिटी सर्भिस एलएलसी कम्पनिमा पुगेका युवाहरुले आफूहरुले सम्झौता अनुसार तलब र काम नपाएको भन्दै केहि दिन अघि साझा सबाल मिडियामा गुनाशो गरेका थिए ।

त्यसको केहि दिनपछि सोहि कम्पनीमा कार्यरत आयुष डाँगीले न्युज-24 टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासंग’ लाई भाइवर मार्फत उक्त कम्पनिमा आफूहरुले पाएको पीडाबारे गुनाशो गरेका थिए । साझा सबाल मिडियाले युवाहरुको नाम नतोकी समाचार बनाएको कारण कसले मिडियालाई सूचना दियो भन्ने जानकारी नपाएको भएपनि ‘सिधा कुरा जनतासंग’को ४४६ औं भागको कार्यक्रममा पिडित आयुष डाँगीको नेतृत्वमा नेपालको मिडियाले खबर पाएका रहेछन् भन्ने सम्बन्धित म्यानपावरहरुले थाहा पाएका थिए ।

डाँगीले टेलिभिजन कार्यक्रम मार्फत आफूहरुलाई चार महिनादेखि कम्पनीले भनेजति तलब र काम नदिएको कारण पिडित भएको गुनाशो गरेका थिए । बिभिन्न म्यानपावर मार्फत दुबई पुर्याईएको उनीहरुलाई म्यानपावरले ३ लाख ६० हजार लिएको उनीहरुले बताएका थिए ।

टेलिभिजन कार्यक्रममा गुनाशो गरेपछि नेपालबाट उक्त कम्पनीमा पठाउने म्यानपावर तथा व्यक्तिको सूचनाको आधारमा बुधबार डाँगीलाई दुबई स्थित कम्पनीले सेरा कार्ड बनाइदिने नत्र भोली ५ हजार दिराम फाइन लाग्ने भन्दै बहाना बनाएर कार्यालयमा बोलाएको बुझिएको छ । कम्पनीमा डाँगीलाई झन्डै डेढ घण्टा थर्काइएको तर केहि नलागेपछि प्रहरीले लगेको बताइएको छ । डाँगीलाई दुबई प्रहरीले दुबईको समय अनुसार बुधबार दिउसो १ बजेदेखि बेलुका ९ बजेसम्म सोधपुछ गरेको डाँगीसंगै रहेका उनका साथीहरुले साझा सबाललाई जानकारी दिएका छन् । कम्पनीले अफिसमा काम छ भन्दै लगेको साथीलाई दुबई प्रहरीले समातेको छ भन्ने सुनेपछि आफूहरु पनि डराएको एक युवाले जानकारी दिएका छन् ।

टेलिभिजनमा कम्पनीबिरुद्ध गुनाशो परेपछि म्यानपावर सम्बन्धित भुपाल सिवाकोटीले दुबईमा रहेको फेडरल सेक्युरिटी सर्भिस एलएलसीमा व्हाट्सएप मार्फत भिडियो पठाए, त्यसपछि कम्पनीले डाँगीलाई अफिस बोलाएको उनका साथीहरुले बताएका छन् । डाँगीलाई उदृत गर्दै उनका साथीहरुले बताए अनुसार डाँगीलाई दुबईमा रहेको कम्पनीका हम्जा नाम गरेका संचालकले १ घण्टा भन्दा बढी थर्काए, उनले थर्काउन नसकेपछि कम्पनीले दुबई प्रहरीमा आवद्द पाकिस्तानीलाई बोलाएर थर्काउन लगायो । त्यति हुँदा पनि कम्पनी बिरुद्ध बोल्न नछाडेपछि डाँगीलाई हतकडी लगाएर प्रहरीले लगेको थियो । अरवी प्रहरी अधिकारीहरुको सोधपुछपछि डाँगीलाई बिभिन्न सर्तहरु राखेर छाडिएको छ । दुबई प्रहरीले डाँगीलाई राखेको सर्त अनुसार दुबईको बारेमा केहिपनि भन्न नपाउने, युवाहरुलाई पिडित बनाउने कम्पनीको बारेमा भन्न पाउने, कम्पनी बिरुद्ध लेवर कोर्टमा उजुरी दिन पाउने, नेपाली दुतावासमा सम्पर्क गर्न पाउने लगायत रहेका छन् ।

दुबई स्थित फेडरल सेक्युरिटी कम्पनीका संचालकले नेपालबाट १०० जना कामदार आफ्नो कम्पनिमा आउने तयारी गरिरेहेको अवस्थामा डाँगीको कारण ति कामदार दुबई ल्याउने काम प्रभावित भएको भन्दै डाँगीलाई भनेका थिए । उनले नेपालबाट आफ्नो कम्पनीमा कामदार ल्याउने बाटो टुट्न लागेको भन्दै डाँगीसँग आक्रोश पोखेको जानकारी प्राप्त भएको छ । दुबई प्रहरीले कम्पनी बिरुद्ध उजुरी गर्न पाउने सर्त सहित छाडेपछि डाँगीलाई कम्पनीका संचालकले बिभिन्न प्रलोभन देखाएर कम्पनी बिरुद्ध नबोल्न आग्रह गरेको फेडरल सेक्युरिटीमा कार्यरत अन्य नेपाली युवाहरुले बताएका छन् ।  घटनापछि युवाहरुलाई दुबई पठाउनमा संलग्न बिर्तामोडका भुपाल सिवाकोटीले दुबईमा सोहि कम्पनीमा रहेका बिर्तामोडका विजय चौधरीलाई फोन मार्फत ‘तिमीहरुले के गर्न आटेको भन्दै’ थर्काएको जानकारी प्राप्त भएको छ  ।

साझा सबाल बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.