एक हप्ताअघि भेटिएको ३ जनाको शव कस्को ?
गुल्मी । गुल्मीमा भएको एक रहस्यमय घटनाबारे प्रहरीले अझै सत्य तथ्य पत्ता लगाउन सकेको छैन । एकै ठाउँमा तीन जनाको शव फेला परेको थियो । जिल्लाको चन्द्रकोट गाउँपालिकामा गत १६ गते शब फेला परे पनि अहिलेसम्म पहिचानसमेत हुन सकेको छैन ।
गएको शनिवार गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर तीनमा मृत फेला परेका तीन वटा शवको अझै पहिचान हुन नसकेको हो । । वडा नम्वर तीन हराचौरको जङगलमा फेला परेका तीन वटा शवको अझै पहिचान हुन नसक्दा घटना रहस्यमय बन्दै गएको छ । अन्दाजी ३० वर्षकी महिला र ११–१२ वर्षका दुई वटा बालीककाको शव रक्तामे अवस्थामा फेला परेको थियो भने घटनास्थलमा दुईवटा घन समेत फेला फरेका छन् । सुरुमा शव देख्नेहरुले हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।
बाटोमा हत्या गरेर जङ्गलमा शव फालिएको हुन सक्ने आशंका गरिएको छ । शब फेला पर्दा टाउकोमा चोट देखिएको थियो । यता जिल्ला प्रहरी कार्यालय गुल्मीले भने शव फेला परेको विषयमा अनुसान्धन भईरहेको बताएको छ । शवको पहिचान नभएपछि कसैको आफन्त हराएको भए सूचना दिन प्रहरीले आग्रह गरेको छ ।कच्ची सडकबाट ४ मिटरको दुरीमा बेवारिसे अवस्थामा महिलाको शव र सोही स्थानबाट १ मिटर दुरीमा २ वटा बालकको शव फेला परेको थियो । घटनास्थल गुल्मी सदरमुकाम तम्घासबाट ७० किलोमिटर उत्तर पुर्वमा पर्छ । तीन जनाको शब एकै ठाउँमा फेला पर्नु सामान्य घटना होइन । शब फेला परेको एक हप्ता वितिसक्दा पनि अनुसन्धान भने कमजोर भएको देखिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
