भारतीय तरकारी आयातमा कडाई
ललितपुर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका मूख्य भन्सार नाकाहरुमा तरकारीको विषादी परीक्षण गर्ने प्रयोगशाला राख्ने भएको छ।
यसका लागि विभागले १२ स्थानमा प्रयोगशाला राख्ने तयारी थालेको हो। नेपालमा खाद्य तथा पेय पदार्थ आयात हुने वीरगंज, काकडभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङ लगायतका मूख्य भन्सारमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिनेछ।
ती स्थानमा प्रयोगशालासहित आवश्यक जनशक्ति राख्ने तयारी भएको विभागले जनाएको छ । विभागकी महानिर्देशक मतिनाजोशी वैद्यले दोस्रो चौमासिकमा प्रयोगशालाका लागि आवश्यक उपकरण खरीद प्रकृया सुरु भएर चालु आर्थिक वर्षभित्रनै स्थापना गरिसकिने जानकारी दिईन्।
प्रयोगशालामा राखिने जिजिएमएस र आरबिपिआर उपकरण खरिदको लागि ११ करोड रुपैयाँ बजेट समेत छुट्याईएको वैद्यले बताईन्। विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले उपकरण खरीदका लागि प्रकृया अघि बढिसकेको बताए।चार महिना अघि सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्रै आउन दिने निर्णय गरेको थियो।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


