यो वर्ष पक्राउ परेका भीआइपी (सूचीसहित)
काठमाडौं, २४ कात्तिक । देशमा ठूला पदकालाई प्रहरीले छुन डराउने अवस्था अन्त हुँदै गएको छ । विगतमा ठूलाबडा मात्र नभई तिनका परिवारका सदस्य र आफन्त समेतले आपराधिक क्रियालाकलाप गर्दा उन्मुक्ति पाउँथे । घटना लुकाउने, प्रहरीले जाहेरी नै नलिने सम्मको अवस्था हुन्थ्यो । प्रहरीले मुद्दा अगाडि नबढाई गुपचुप पार्ने देखि पीडितलाई उल्टै अप्ठ्यारोमा पार्ने गर्दथ्यो ।
देशमा पछिल्लो समय भीआइपीहरु कमाधम पक्राउ पर्न थालेका छन् । ठूलालाई पनि ऐन लाग्ने अवस्था बनेको निवर्तमान सभामुख कृष्णबहादुर महरा जर्बजस्ती करणी उद्दोगको अभियोगमा पक्राउ परेपछि प्रमाणित भयो । महरा हाल डिल्लीबजार कारागारमा छन् ।मोहम्मद अफताब आलममाथि ज्यान मार्ने अभियोग लागेको छ । उनीमाथि थुनछेकको बहस चलिरहेको छ । १२ वर्ष अघि आलमले सामूहिक रुपमा ईंट्टा भट्टामा मान्छेलाई हाल्न लगाएको अभियोग छ ।
गृहमन्त्रीका भाई नरेश थापा संगठित अपराधीसँग जोडिएपछि अनुसन्धानका लागि पक्राउ गरिए । उनी व्यवसायी शरद गौचनको हत्या अभियोगमा पक्राऊ परेका समिरमानसिंह बस्नेतसँग साँठगाँठ गरेको अभियोगमा पक्राउ परेका थिए ।पूर्व सांसद योगेन्द्र घिसिङ युवतीलाई दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परे । युवतीमाथि दुव्र्यवहार गरेपछि उनी ललितपुरबाट पक्राउ परेका थिए । पूर्व सांसद डीबी कार्की ठगीको अभियोगमा पक्राउ परे । इन्स्पेक्टर बनाइदिन्छु भनी पैसा लिएको अभियोगमा उनी पक्राउ परेका थिए ।
पूर्व अर्थ सहायकमन्त्री रुप ज्योती ठगीको अभियोगमा पक्राउ परे । उनीमाथि पौने तीन करोड ठगीको अभियोग लागेको छ । व्यापारिक घराना ज्योती ग्रुपका उनलाई पनि प्रहरीले उन्मुक्ति दिएन ।जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका बलराम सापकोटा, श्रवणकुमार गोयल, पवित्रकुमार कार्कीविरुद्ध कानुनी प्रक्रिया अगाडि बढिरहेको छ । बलराम क्यासिनो किङका रुपमा चिनिन्छन् । गोयल र कार्की व्यापारी हुन् ।
नाम अभियोग
कृष्णबहादुर महरा, निवर्तमान सभामुख करणी उद्दोग
डा. रुप ज्योती, पूर्व सहायकमन्त्री ठगी
मोहम्मद अफताल आलम, पूर्व मन्त्री जघन्य
योगेन्द्र घिसिङ, पूर्व सांसद यौन दुव्र्यवहार
डीबी कार्की, पूर्व सांसद, ठगी
श्रवणकुमार गोयल,व्यवसायी जुवा
पवित्रकुमार कार्की, व्यवसायी जुवा
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
