• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १२ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १२ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १४ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १५ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १५ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १८ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १८ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १९ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

बैदेशिक रोजगार विभागको अन्त्यन्त जरुरी सूचना

admin २०७६, कार्तिक, २५

कार्तिक २२ काठमाडौं । वैदेशिक रोजगारीमा गएर बिदामा नेपाल फर्की पुनः श्रम स्वीकृति लिएर सोही रोजगारमै फर्केका तथा हाल विदेशमा कार्यरत रहेतापनि पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा फर्कन चाहनेहरुमध्ये भिषा, करारपत्र र यस अघि लिएको श्रम स्वीकृतिमा भएका विवरण फरक पर्नेहरुका सम्बन्धमा पुनः श्रम स्वीकृतिका लागि भएको केही अन्योलबारे वैदेशिक रोजगार विभागको अनुरोध/जानकारी

वैदेशिक रोजगारी जानेहरुको कागजातमा लेखिएका विवरणमा एकरुपता नहुँदा देहायका समस्या देखापरेका छन्:-

१. नेपालबाट एउटा काम, तलब र कम्पनी भनेर पठाउने तर गन्तव्य मुलुकमा पुगेपछि भनेको तलब नपाइएको, अर्कै काममा लगाएको वा अर्कै कम्पनीमा पठाएको भनेर विभागमा आउने उजुरीको संख्या निकै ठूलो छ। वैदेशिक रोजगार ऐनको दफा १४ र दफा १९ ले स्पष्ट रुपमा कामदारले गर्ने काम, तबल, कम्पनी लगायतका विवरण पूर्व स्वीकृति र अन्तिम स्वीकृतिमा एउटै हुनुपर्छ; जे काममा जाने हो भिषा त्यसमै लागेको हुनुपर्छ भन्ने स्पष्ट व्यवस्था गर्नुको कारण यस्तै समस्या नआउन् भनेर हो। तर पनि विगतमा जो सुकैको गल्तीले भए पनि विवरण फरक परेकाहरुको हकमा यो पुरानो गल्ती सच्याउने अवसर हो।यसले सबैतिर एउटै विवरण हुँदा श्रमिकलाई अप्ठ्यारो अवस्था परेको बेलामा आफ्ना हक अधिकारका लागि लड्न कानूनी आधार तयार हुन्छ। थुप्रै वैदेशिक रोजगारपीडितहरुको समस्यालाई हेर्दा यो किन जरुरी छ भन्ने छर्लङ्ग हुन्छ। त्यो दुख भोगेकालाई मात्र थाहा हुन्छ।

२. वैदेशिक रोजगार ऐनको दफा ५५ ले एउटा काम भनेर अर्कैमा, एउटा कम्पनी भनेर अर्कैमा, एउटा तलब भनेर अर्कैमा वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायीहरुलाई कडा दण्डको व्यवस्था गरेको छ। अहिले हामीले तत्कालको आफ्नो समस्या हेरेर भोलीका दिनमा श्रम सम्झौताका लागि एउटा कागजात पेश गर्ने, गन्तव्य मुलुकमा अर्कै करारनामामा काम गर्न बाध्य हुनुपर्ने र हाम्रा दाजुभाइ दिदीबहिनीहरु शोषित हुने अवस्थाको लागि ढोका कदापी खोल्नु हुँदैन। विगतका गल्तीबाट नसिक्ने हो भने हामी कहिल्यै सुधारको अपेक्षा गर्न सक्दैनौ।

३. संयुक्त राष्ट्र संघको महासभाले सन् २००० मा पारित गरेको पलेर्मो प्रोटोकलले कुनै व्यक्तिलाई बल प्रयोग गरेर वा झुठा कागजात बनाएर वा झुक्याएर वा छलपूर्वक कुनै व्यक्तिलाई कुनै काममा भर्ना गर्नु, ओसारपसार गर्नु वा शारीरिक तथा आर्थिक शोषण गर्नुलाई मानव वेचविखनको अपराध मानेको छ। त्यस हिसाबले पनि जानेर वा नजानेर पनि त्यस्ता कुरालाई प्रोत्साहन मिल्ने हिसाबले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कुनै व्यक्ति संलग्न हुनुहुँदैन।

४. कुनै भिषा, करारपत्र (contract paper) र श्रम स्वीकृतिमा विवरण एउटै नहुँदा कुनै भवितब्य वा अप्रिय घटनामा परेका नेपालीहरुले कम्पनीबाट क्षतिपूर्ति पाउन नसकेको, अदालतबाट न्याय पाउन नसकेको वा ठगीमा संलग्नबाट क्षतिपूर्ति भराउन नसकिएको अवस्थालाई समेत हामीले कदापि बिर्सनु हुँदैन।

५. नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग हाम्रा दाजुभाइ दिदीबहिनीहरु विदेशमा मर्यादित रुपमा काम गर्न पाएको र कुनै बहानामा कुनै खाले शोषणमा नपरेको अवस्था सुनिश्चित गर्न निरन्तर लागिरहेको छ। विभिन्न देशहरुसँग मन्त्रालयले गरेका श्रम सम्झौता र वैदेशिक रोजगार विभागले चालेका विभिन्न सुधारका अभियानहरु तथा वैदशिक रोजगारीको नाममा ठगी गर्नेहरुप्रति निर्ममतापूर्वक प्रस्तुत हुँदै समग्र सेवा प्रवाहमा गरिएका सुधार प्रयासहरु यसको साक्षी हुन्।

तसर्थ विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुले यहाँबाट विगतमा जुनसुकै पेशामा जान भनेर श्रम स्वीकृति लिएर गएको भएतापनि फेरी फर्केर जाने इच्छा गर्नुभएको छ भने आफूलाई जुन काममा लगाइएको छ अब भिषा नवीकरण गराउँदा त्यसमै नवीकरण गराएर आउनु हुन र त्यही पदको करारपत्र लिई नेपाल फर्कनुहुन अनुरोध छ।

हामीकहाँ १० बर्ष अघि श्रमिकको रुपमा विदेश पुगेर अहिले सुपर भाइजर वा म्यानेजर भैसकेका कतिपय दाजुभाइ दिदीबहिनीहरु पनि पुनः श्रम स्वीकृतिको लागि आउनुहुन्छ तर उहाँको पासपोर्टमा उही जनरल लेबरको पुनः श्रम स्वीकृति दोहोरिइरहेको हुन्छ। यसले उहाँहरु स्वयंलाई पनि असहज भएको हामीले पाएका छौ। त्यसैले अहिले जुन पदमा पुगिएको छ त्यही पद भिषामा उल्लेख हुनु उहाँहरुको अधिकार मात्र होइन आत्म सम्मानको कुरा पनि हो। तसर्थ उहाँहरुले अहिलेको पदको करारपत्र, बढुवाको पत्र वा अन्य सम्बन्धित कागजात लिएर आउँदा उहाँहरुलाई गर्व नै हुनुपर्दछ । आगामी दिनमा अन्यत्र मुलुकमा रोजगारीमा जान चाहेमा पनि त्यस्ता विवरणहरुले उहाँहरुको अनुभव प्रमाण गर्न सहयोग पुग्छ।

कतिपयले विदेशमा गएर प्रावधिक सीप सिक्नुभएको र त्यही बमोजिमको काममा लाग्नुभएको छ। त्यसको प्रमाणपत्र लिएर आउँदा नेपालमै पनि स्वरोजगारको लागि सहुलियतपूर्ण ऋण प्राप्त गर्न वा आफ्नै पेशा गर्न समेत सहयोग पुग्दछ। वैदेशिक रोजगार बोर्डले निशुल्क सीप परीक्षणको तयारी समेत गरिरहेकोले भविष्यमा तालिम प्राप्त जनशक्ति वैदेशिक रोजगारीमा जाने अवसर आउँदा त्यस्ता सीप र अनुभवका प्रमाणपत्रबाट सम्बन्धित व्यक्तिलाई नै सहयोग पुग्दछ।

जो बिदामा नेपाल आइसक्नु भएको छ तर उहाँको विवरण फरक परेकोले पुनः श्रम स्वीकृतिमा समस्या देखिएको छ । उहाँहरुका लागि वैदेशिक रोजगार विभागले आजै देखि वैकल्पिक व्यवस्था गरेको छ। उहाँ कार्यरत कम्पनीले जुन पदमा काममा लगाइरहेको थियो, कामदार कम्पनीमा पुगेपछि सोही पदमा करारपत्र र भिषा लगायतका कागजात अद्यावधिक गरिदिने प्रतिबद्धता पत्र वैदेशिक रोजगार विभागको आधिकारिक इमेल dofe_kath@dofe.gov.np मा प्राप्त भएपछि त्यसको आधारमा पुनः श्रम स्वीकृति दिइनेछ।जुन ब्यक्तिले नेपालबाट कम्पनीमा कुरा गर्ने क्षमता राख्नुहुन्न, उहाँहरुका लागि कम्पनीमा कार्यरत साथीभाइहरुले HR Division मा भनेर साथीहरुका लागि प्रतिवद्धता सहितको इमेल पठाइदिन अनुरोध गर्न सक्नुहुनेछ। प्रतिबद्धतापत्रको ढाँचा वैदेशिक रोजगार कार्यालय ताहाचलबाट उपलब्ध हुन्छ।

धेरैजसो ड्राइभर भिषामा गएर अन्य काम गरिरहेको पाइएको छ। त्यस्तो अवस्थामा ड्राइभर लाइसेन्स पेश गर्न लगाउनु विभागको प्राथमिकता होइन। बरु जे काम गरिरहेको हो त्यसैको कागजात सम्बन्धित कम्पनीले देओस् र भिषाको म्याद थप गर्दा पनि ड्राइभरमा होइन कि जुन काम गरिरहेको हो त्यसै बमोजिमको करारपत्र लगायतका कानूनी कागजात श्रमिकले पाउने कुराको सुनिश्चितता सम्बन्धित कम्पनीले गरिदिनु पर्छ भन्ने हो ता कि हाम्रा दाजुभाइ दिदीबहिनीहरु कानूनी हिसाबले कमजोर भएर भविष्यमा कुनै समस्या झेल्न नपरोस्।

विशेष खालको सीप आवश्यक पर्ने र त्यस्तो सीप नभै काम गर्दा जोखिम हुने क्षेत्रमा वैदेशिक रोजगार ऐनको दफा १५मा उल्लेख भएजस्तै सीपको प्रमाणपत्र अनिवार्य गरिन्छ। यो श्रमिकको सुरक्षा र कानूनको पालना दुबै हिसाबले अपरिहार्य हुनजान्छ।सुधारको मार्ग शुरुमा असहज र झ्याउलाग्दो हुन्छ तर यसले हाम्रो भविष्य सधै सुरक्षित गर्छ। त्यसो हुनाले विभिन्न देशमा रहेका गैर आवासीय नेपाली संघ तथा नेपालीहरुको हितमा खोलिएका संघसंस्थाहरुले नेपालीहरुलाई हरेक हिसाबले सुरक्षित बनाउनका लागि उनीहरुको कानूनी अधिकारको रक्षा गर्न आवश्यक पहल गर्दै सुरक्षित, शोषणरहित, मर्यादित वैदेशिक रोजगारको सरकारको लक्ष्य हासिल गर्न हातेमालो गर्ने अपेक्षा हामीले लिएका छौं।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.