• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १२ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १२ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १४ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १५ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १५ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १८ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १८ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १९ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

भारतले गरेको नेपाली भूमि अतिक्रमण बिरुद्ध अमेरिकाको ह्वाइट हाउस अगाडी प्रदर्शन

admin २०७६, मंसिर, ९

मंसिर ९, विजय थापा,डिसी | अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध व्यापक बिरोध जुलूस प्रदर्शन गर्ने भएका छन् । भारतको चौतर्फी व्यापक बिरोध भै रहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडी रहेको लाफेएट उद्यान (पार्क )मा जम्मा भई डिसेम्बर १४ शनिबारका दिन बिरोध प्रदर्शन गर्ने तयारी भै रहेको छ ।

अमेरिकामा लामो समय देखि बस्दै विभिन्न संघ/संस्थामा बिभिन्न ओहदामा नेतृत्व लिई सकेका नेपालीहरुले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको दुर संचार प्रणाली( टेली कन्फेरेन्स कल ) को माध्यमद्वारा भारत बिरुद्ध ऐतिहासिक कार्यक्रम गर्ने योजना बनाएका हुन् |

स्मरण रहोस सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा अमेरिकामा बस्ने नेपालीहरुले सबै कुरा त्यागेर एक जुट भई ईतिहास मै पहिलो पटक गोलबद्ध भै भारत बिरुद्ध बिरोध प्रदर्शनमा मानव सागर उर्लिएको थियो ।

फेरि ४ बर्ष पछि अमेरिकामा बस्ने नेपाली बीच एकता कायम हुनु पर्ने अवस्था आएको छ भने यस पटक अझ ज्यादा सहभागिता हुने अपेक्षा गरिएको छ । भारत बिरुद्ध जुलूस प्रदर्शन गर्नको लागि व्यापक प्रचार प्रसार गर्ने अभियानमा नेपाली समुदायलाई जुटाउन आफ्ना गतिबिधिहरु सुरुवात गरि सकेका छन् ।

उक्त दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ भने संयुक्त नेपाली मोर्चा जस्लाई ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’नामक नेपालीहरुको समूहले नेतृत्व गर्ने छ । जस्मा सबै नेपाली समुदाय सदस्य र अमेरिकाका सबै राज्यका नेपाली संघ/संस्थाको प्रतिनिधि हुने र अटाउने गरि लिपुलेक र कालापानीको अतिक्रमण बिरुद्ध प्रदर्शन गर्ने छन् ।

आयोजना गर्ने पहलकर्ताले सबैलाई आन्दोलनमा सहभागी भएर गरिएको प्रयासलाई समर्थन गर्न अपिल गरेका छन् । भारतलाई नेपालीहरु जहाँसुकै भए पनि नेपालीहरूले नेपालको भूमिको अतिक्रमण हुन दिदैनन् भनि  स्पष्ट रुपमा सन्देश पठाउन आग्रह गरेका छन् ।

नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू नामक नारा सहित व्यापक तयारी साथ सबैलाई ऐक्यबद्धता जनाउन र सशक्त सहभागिताको लागि आव्हान गरिएको छ । गत नोभेम्बर २३ का दिन बसेको बैठकमा एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी,प्रा डा अम्बिका अधिकारी,नासाका पूर्व अध्यक्ष बिमल नेपाल ,आन्माका  अध्यक्ष बलराम पन्थी ,नासाका अध्यक्ष बिनय अर्याल ,एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,आन्माका दिभाकर दाहाल ,नासाका महा सचिव कृष्ण श्रेष्ठ ,डिजे गोर्खाली तथा एएनएका महासचिव विजय भट्टराईको उपस्थिति रहेको थियो ।

पहिलो बैठक र दोश्रो बैठकले उक्त दिनको तयारीको लागि चाहिने अत्यन्तै आवश्यक सामाग्रीहरुको सूची तयार गर्नुको साथै विभिन्न व्यक्तिहरुलाई जिम्मेबारी बिभाजन गरेको छ । प्रेस बिज्ञप्ति(छापा )को लागि लेखनमा रोजर अधिकारी तथा प्रा अम्बिका अधिकारीले जिम्मेबार लिनेछन् भने बिरोध प्रदर्शन गर्नु अगाडी अनुमति लिनु पर्ने हुनाले व्हाइट हाउस अगाडी रहेको लाफेएट उद्यान (पार्क )को लागि खगेन्द्र अधिकारी ,कुलमणि आचार्य तथा सुरेश सापकोटालाई जिम्मेबारी सुम्पिएको छ ।

साथै त्यहा चाहिने ध्वनि प्रसारणको व्यवस्थापनमा डिजे गोर्खाली तथा सुरेश सापकोटाले जिम्मेबार लिएका छन । उक्त प्रदर्शनको लागि बिभिन्न नारा सहित प्रचार प्रसार सामग्री (प्लेकार्ड -बिज्ञापन पत्र )तुल ,झन्डाको लागी विजय भट्टराईले नै मूल टोली निर्माण गरि उनीहरुले नै यस्ता प्रचार प्रसार नारा लेख्ने जिम्मेबारी दिइएको छ ।

यसै गरि आधिकारिक रुपमा पत्राचारको जिम्मेबार प्रा अम्बिका अधिकारी ,डा अनुप पहाडी र रोजर अधिकारीले जिम्मेबारी लिएका छन् । यसका लागि कोषको आवश्यक पर्ने हुनाले छलफल गर्ने र सबैलाई सहयोगको लागि आब्हान गर्ने निर्णय गरेको छ । यसलाई व्यापक बनाउन सामाजिक संजालको भरपुर फाइदा लिनु पर्ने हुनाले व्यापक प्रचार प्रसार गर्ने निर्णय समेत गरेको छ ।

संचार माध्यमका सबै उपाय प्रयोग गरि सबै नेपाली समुदाय ,संघ/संस्थालाई अवगत गराउन कुनै कसर नछोड्ने निर्णय समेत गरेको छ । संचार माध्यममा संचारकर्मीहरु डिसीका विजय थापा ,नर्थ क्यारोलाइनाका बिनय अर्याल ,टेक्ससका विजय भट्टराई तथा कोलोराडोका शैलेश पोख्रेललाई हाललाई जिम्मवारी सुम्पिएको छ ।

मूलधारका संचार माध्यमलाई उक्त बिरोध प्रदर्शनमा ल्याउन निमन्त्रणा पत्र पठाउनुको साथै बिरोध प्रदर्शन पछि संचार अभियान चलाउने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.