• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १० घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • ११ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १३ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १४ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १४ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १७ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १७ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

यी महिलाले पुर्याइन् सिद्धबाबालाई प्रहरी हिरासत

admin २०७६, मंसिर, १६

काठमाडौं, १६ मंसिर । उनी सिद्धबाबा जगतगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगीका रुपमा चर्चित छन् । उनको वास्तविक नाम कृष्णराज गिरी हो । गिरी कहाँ एक महिला भक्तका रुपमा पुगेकी हुन् । चतरास्थित आश्रममा समेत ओहोरदोहोर गरिरहने उनी अन्य बाबाहरुको आश्रममा पनि पुग्थिन् ।

पोखरा स्थायी घर भएकी र विवाहित ती महिला ३० वर्षको आसपासकी छिन् । उनको दुई सन्तान पनि छन् । धार्मिक गतिविधिमा सक्रिय उनले महायोगी सिद्धबाबा भनिने कृष्णराज गिरीको जीवनमा ठूलो तरंग ल्याइदिइन् । गिरीमाथि बलात्कारको गम्भीर आरोप लगाउँदै उजूरी समेत दर्ता गरिन् ।

सिद्धबाबा भनिएका गिरी नाम र लोकप्रीयताको उचाईमा पुगेका थिए । उनको आश्रममा राष्ट्रपति विद्यादेवी भण्डारी देखि पूर्व प्रधानमन्त्रीहरु समेत पुग्थे । देशका शक्तिशाली व्यक्तिहरु सिद्धबाबाको चतरास्थित आश्रममै पुगेर आशिर्वाद लिन्थे । तर, उनलाई कुनैपनि शक्तिले प्रहरी हिरासतमा जानबाट रोक्न सकेन ।

प्रहरीमा उजूरी भएपछि अनुसन्धान अगाडि बढिरहेको सुनसरी एसपी यज्ञबिनोद पोखरेलले गत शुक्रबार जानकारी गराएका थिए । त्यसपछि उनी विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा भर्ना भए । उनलाई पक्राउ गर्ने विषय कठिन नै थियो । प्रहरीले दुई दिन थप लिएर उनलाई अस्पतालबाट नै पक्राउ गर्यो । अदालतबाट पक्राउ पूर्जी लिएको केही दिनपछि गिरी पक्राउ परेका हुन् ।

गिरी पक्राउ परेपछि उनीमाथि अनुसन्धान अगाडि बढ्नेछ । अब मुद्दा दायर हुने नहुने बारे टुंगो लाग्नेछ । यो विषय अदालतमा पुगेपछि अदालतले टुंगो लगाउन सक्नेछ ।

जसले गिरीलाई आरोप लगाइन् उनी पनि विवादास्पद भएको तथ्य पत्ता लागेको छ । उनले गिरीलाई फेसबुकमा गम्भीर मेसेजहरु पठाउने गरेको खुलेको छ । विभिन्न एकाउन्टबाट फेसबुक खोलेको समेत खुलेको छ । अब दुवैमाथि गम्भीर छानविन हुने बुझिएको छ ।

यसअघि सिद्धबाबामाथि महिलाले षड्यन्त्रमूलक तरिकाले चरित्रहत्या गर्न खोजेको भन्दै महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण गराएको थियो । गत मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले धर्म संस्कृति र अध्यात्मिक चिन्तनलाई कमजोर पार्ने उद्देश्यका साथ सुनियोजित रुपमा चरित्रहत्या गर्न खोजिएको भन्दै सरकार समक्ष घटनाको निष्पक्ष छानविन गरी निराधार आरोप लगाउने दोषीमाथि कारबाहीको माग समेत गरेको थियो ।
सुनसरीको चतरामा आश्रममा रहेका महायोगी सिद्धबाबाको यौन दुव्र्यवहारको आरोप लगाएपछि प्रतिष्ठानले सिद्धबाबाविरुद्ध गलत अभिप्रायका साथ केही व्यक्तिहरु लागेको उल्लेख गरेको थियो ।

प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले सिद्धबाबाविरुद्ध कुतसीत नियतले चरित्रहत्या गर्न केही संगठित समूह सक्रिय रहेको बताएका थिए । उनले भनेका थिए,‘ सिद्धबाबाविरुद्ध कुत्सीत नियतले चरित्रहत्या गर्ने गरी केही संगठित प्रयास भइरहेकोले त्यसतर्फ सजग रहन आग्रह गर्दछौं ।’

प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डितले सिद्धबाबाविरुद्ध संगठित गिरोह लागेको बताए । संगठित गिरोहविरुद्ध प्रहरीमा निवेदन समेत दिइएकोले निष्पक्ष छानविन गरी कारबाही हुनुपर्ने बताए । (घटनाको संवेदनशीलताका कारण महिलाको नाम र तस्बिर सार्वजनिक नगरिएको हो )

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.