कतारमा कार्यरत कामदारले व्यक्तिगत विवरण बुझाउनुपर्ने, नबुझाए १० हजार रियाल जरिवाना
मङ्सिर ११, काठमाडौं | कतारमा कार्यरत सम्पूर्ण आप्रवासी कामदारहरुले आफ्नो आवाससहित सम्पूर्ण व्यक्तिगत विवरण सरकारलाई बुझाउनुपर्ने भएको छ । कतारले राष्ट्रिय ठेगाना सम्बन्धि सन् २०१७ को कानून नम्बर २४ लाई कार्यान्वयनमा ल्याउनको लागि यस्तो विवरण बुझाउन अनुरोध गरेको कतारको आन्तरिक मामिला मन्त्रालयले जनाएको खबर त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
संचार माध्यमहरुमा आएको खबर अनुसार कतारमा रहेका नेपाली सहित सम्पूर्ण आप्रवासीहरुले कतार मूलुकमा आफू बसोबास गर्दै आएको ठेगाना, मोबाईल नम्बर, फोन नम्बर, रोजगारदाताको ठेगाना तथा सम्पर्क नम्बर, ईमेल र आाफ्नो देशको स्थायी ठेगाना लगायतका विवरणहरु स्थानीय प्रशासनमा दर्ता गराउनुपर्ने भएको छ ।
विवरण पठाउँदा आफ्ना बालबच्चा कतारमै छन् भने उनीहरुको समेत विवरण पठाउनुपर्ने भएको छ । जसको लागि कतारले सहज प्रक्रिया अपनाएको जनाएको छ । त्यस्तो विवरण जो सुकैले आफ्नो मोबाईल मार्फत पनि पठाउन सक्नेछन् । कतारले कानून लागू भएको ६ महिनाभित्र पनि विवरण नबुझाएको खण्डमा दश हजार रियाल करिब ३ लाख नेपाली रुपैयाँ जरीवाना तिराउने जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
