Jankari Kendra
९ आश्विन २०८३, शुक्रबार
Worldlink

पौष ०७ गते सोमबारको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, पुष, ७
पौष ०७ गते सोमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापारमा पनि फाइदा होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
हाँस खेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समय मध्यम स्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन, दिन ठिकै छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् सावधान रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

Top Changing Nepal

युट्युब सट्स