अमेरिकामा नेपाली विद्यार्थी गम्भीर, सहयोगको अपिल
काठमाडौं । काठमाडौंबाट अध्ययनका लागि अमेरिकाको कनेटिकट आएका एक युवा घाइते भएपछि उनको उपचारका लागि सहयोगको आह्वान गरिएको छ । बूढानिलकण्ठ नगरपालिका–११ (तत्कालिन कपन गाविस–९) घर भएका २३ वर्षीय सुरज खड्का कनेटिकटमा उपचाररत छन् ।
उनी कनेटिकट राज्यस्थित साउदर्न कनेटिकट स्टेट युनिभर्सिटीमा कम्प्युटर साईन्स विषय अध्ययन गर्दैछन् । उनको पढाई सकिन ६ महिना बाँकी छ । गत नोभेम्बर २६ बेलुकाको खाना बनाउँदै थिए । बैठक कोठामा राखेको मेचमा उनी अल्झिएर भुँईमा पछारिए । लड्ने बित्तिकै उनको दुवै हात र खुट्टा चलेन । उनलाई अस्पताल लगियो । डाक्टरका अनुसार उनको मेरुदन्डमा गम्भिर चोट लागेको छ ।
६ घण्टा लामो शल्यक्रियापछी उनलाई रिह्याबमा राखेर थेरापी गरिदैछ । उनको हात अहिले चल्न थालेको छ । खुट्टा अझै चलेको छैन् । उनको उपचारका ‘सोसाइटी अफ नेपालिज इन अमेरिका’ (एसएनए) ले सहयोगको आह्वान गरी गो फन्डमा खाता खोलेको छ । ३० हजार डलर आह्वान गरिएकोमा आइतबार साँझसम्म करिब ५ हजार ४ सय डलर उठेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


