बसको ठक्करबाट बुवाको मृत्यु, छोरा सकुशल
काठमाडौं । मोटरसाइकललाई गाडीले ठक्कर दिँदा काठमाडौँको गुर्जुधारामा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान थानकोटतिरबाट कलंकी तर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थानकोट प्रहरीका प्रमुख डिएसपी घनश्याम श्रेष्ठका अनुसार बिहान सवा ६ बजेतिर गाडीको ठक्करबाट पर्वतको ठूलेपोखरी गाउँपालिका–४ घर भइ हाल चन्द्रागिरी नगरपालिका–७ थानकोट चेकपोस्ट नजिकै बस्दै आएका मोटरसाइकल चालक ४० वर्षका अर्जुनकुमार केसीको घटनास्थलमै मृत्यु भएको हो ।
उनले चलाएको मोटरसाइकलको पछाडि रहेका १४ वर्षे छोरा अनुप केसीलाई भने केही भएको छैन । गाडीले ठक्कर दिएर कलंकी तर्फ भागेको आफूहरुलाई अनुपले बताएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न भएको आशंकामा एउटा बस नियन्त्रणमा लिएको तर यकिन भने भइनसकेको प्रहरीले जनाएको छ । शव अहिले पनि घटनास्थलमै रहेको छ ।
आफन्तले ठक्कर दिने सवारी साधन पत्ता लगाइ कारवाही हुनु पर्ने माग गरेका छन् । अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यसअघि सोमबार बिहानै क्याम्पस जाँदै गरेकी २१ वर्षकी युवतीलाई काठमाडौँको सुकेधारमा गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
