• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एउटा विमान अपहरण जसले नेपाल भारत सम्बन्ध खलबलाइदियो

बीबीसी । दुई दशकअघि डिसेम्बर २४ तारिखमा काठमाण्डूबाट दिल्लीको निम्ति उडेको इन्डियन एअरलाइन्सको विमान अपहरणमा परेपछि त्यसले नेपाल र भारतको सम्बन्धमा सुरक्षा अवधारणालाई केन्द्रमा ल्याइदिएको मानिन्छ । उक्त घटनापछि भारतीय सञ्चारमाध्यममा नेपालको सुरक्षा व्यवस्थाबारे निकै नकारात्मक टिप्पणीहरू भएका थिए ।

‘हुन त सो विमानलाई अपहरण गरेर पहिले भारतकै अमृतसर लगिएको थियो । त्यहाँ भारतले नियन्त्रण गर्न सकेन । तर समग्र सुरक्षा कमजोरीको दोष नेपालमाथि थोपरिएको थियो,’ भारतमा लामो समय काम गरेका पत्रकार युवराज घिमिरे भन्छन् । ‘त्यस घटनापछि नेपालसँगको सम्बन्धमा भारतले सुरक्षा अवधारणालाई हावी गराएको पक्कै हो ।’ त्यतिखेर भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहता नेपालमै थिए ।

अपहरणको घटनापछि विकसित घटनाक्रम सम्झिँदै उनी भन्छन्, ‘त्यो बेला त भारत सरकारले नेपालको विमानस्थलको सुरक्षालाई लिएर निकै आलोचना गरेको थियो । मेरो आफ्नै अनुभवमा पनि त्यो समयमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा एकदम कमजोर थियो । यहाँसम्म कि आगमन र प्रस्थानसमेत छुट्ट्याइएको थिएन ।’ इस्लामवादी आतङ्कवादीहरूले काठमाण्डूबाट उडेको आईसी ८१४ जहाजलाई अपहरण गरेर अमृतसर, लाहोर, अनि दुबई हुँदै अफगानिस्तानको कान्दहारमा पुर्‍याएका थिए ।

तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंह आफैँ कान्दहारले पुगेर अपहरणकारीहरूको मागबमोजिम भारतीय जेलमा रहेका तीन बन्दीलाई बुझाएर यात्रुहरूलाई मुक्त गराएका थिए । त्यो घटनालाई भारतीय संस्थापनले नमिठो धक्काको रूपमा लिने गरेको छ । त्यस बेला मुक्त गराइएकामध्ये एक मसूद अजहरले पछि जैश-ए-मोहम्मद नामक लडाकु समूह खोले । उनीमाथि सन् २००१ को भारतीय संसद्‌मा भएको आक्रमण र सन् २०१९ मा कश्मीरको पुलवामामा भएको आक्रमणको आरोप लागेको छ ।

तनावपूर्ण समय
विमान अपहरणको समयमा दिल्लीस्थित नेपाली दूतावासमा मदनकुमार भट्टराई उपप्रमुख थिए । राजदूत भेषबहादुर थापा दिल्लीबाहिर गएकाले त्यति बेलाको तनावपूर्ण परिस्थिति उनैले सम्हाल्नु परेको थियो । ‘विमान अपहरण भएको झन्डै १५ मिनेटमै मैले जानकारी पाएँ । राजदूत थापाको अनुपस्थितिमा मैले नै सबै सम्हाल्नुपरेको थियो ।’ ‘एक सातापछि यात्रुहरू रिहा भएर दिल्ली आइपुगे । नेपाली यात्रुहरूलाई हामीले दूतावासमै राखेर परिवारसँग सम्पर्क गरायौँ अनि स्वदेश पठाइदियौँ,’ भट्टराई सम्झिन्छन् । नेपालको कमजोर सुरक्षाका कारण विमान अपहरण भयो भनेर भारतमा व्यापक धारणा बनेको थियो ।

राजाको जन्मोत्सव नै सारियो
त्यस विषम परिस्थितिको प्रभाव आधिकारिक तहमा पनि धेरथोर पर्ने नै भयो । सन् १९९९ डिसेम्बर २४ तारिखमा अपहरण भएको विमान डिसेम्बर ३१ मा छाडियो । तर डिसेम्बर २९ मा राजा वीरेन्द्रको जन्मोत्सवको बेला पारेर दूतावासमा राष्ट्रिय दिवस मनाउने पूर्वनिर्धारित कार्यक्रय थियो । भट्टराईका अनुसार अपहरण भएकै बेला कार्यक्रम गर्दा भारतीय पाहुनाहरूको उपस्थिति कम हुने आशङ्का एकातिर थियो भने त्यही बेला भारतका पूर्व राष्ट्रपति शङ्करदयाल शर्माको पनि निधन भएको थियो ।

‘त्यसैले हामीले राष्ट्रिय दिवसको समारोह नै पछाडि सारेर ज्यानुअरी ४ मा गर्नुपरेको थियो,’ भट्टराई भन्छन् । समारोहमा उपराष्ट्रपति कृषनकान्तलाई निमन्त्रणा पठाइएको थियो । ‘अनेक किसिमका हल्लाहरू चलिरहेका थिए । सुरुमा त उपराष्ट्रपति हाम्रो समारोहमा नआउने जानकारी आएको थियो । पछि फेरि वहाँ आउनुभयो,’ भट्टराई सम्झिन्छन् । ‘उपराष्ट्रपति कृषनकान्तले नेपालबाट यस्तो होला भनेर हामीले अपेक्षा गरेका थिएनौँ, हामी दु:खी छौँ भन्नुभएको थियो । संयोगवश त्यतिखेरै आइपुगेका भारतकै भूतपूर्व विदेशसचिव त्रिलोकीनाथ कौलले भारतकै अमृतसर आइसकेको विमान त्यसरी उडेर जाला भनेर आफूले पनि अपेक्षा नगरेको भन्दिनुभयो । त्यसपछि वातावरण अन्यत्रै मोडियो ।’

अपहरणपछिका ‘किस्सा’
नेपालको विमानस्थलको सुरक्षाबारे भएका व्यापक आलोचनाका कारण त्यसपश्चात् सुरक्षा व्यवस्थामा निकै परिवर्तन भयो । भारतले आफ्ना विमानहरूमा अझै थप सुरक्षाको माग गर्न थाल्यो । ‘भारतीयहरूले काठमाण्डूमा आफ्नो विमान अपहरणमा परेको हुनाले उनीहरूका विमानसेवामा बढी सुरक्षा हुनुपर्‍यो भन्ने चासो राख्न थाले,’ पूर्वगृहसचिव श्रीकान्त रेग्मीले बताउँछन् । त्यही बेलादेखि नेपालमा एउटा नयाँ चलन सुरु भयो । भारतीय विमानहरूले त्यहाँ विमान चढ्ने भर्‍याङमै थप एक चरणको सुरक्षाजाँच गर्छन् ।

‘त्यतिखेर विवाद भएपछि नेपाल सरकारले विमानस्थलको भूमिभन्दा केही फिट माथि चेकजाँच गर्न अनुमति दियो । थप जाँचको लागि राखिएको त्यस्ता ल्याडरपोइन्ट सुरक्षा अहिले पनि जारी छ,’ भारतीय सुरक्षाविद् अशोक मेहता भन्छन् । उनका अनुसार अपहरणपछि सुरक्षाको धेरै चिन्ता गरिए पनि अहिले भने काठमाण्डू विमानस्थलको सुरक्षा निकै सुध्रिसकेको छ । तर अझै पनि सुरक्षा संवेदनशीलता भने उस्तै छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.