• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

एउटा विमान अपहरण जसले नेपाल भारत सम्बन्ध खलबलाइदियो

बीबीसी । दुई दशकअघि डिसेम्बर २४ तारिखमा काठमाण्डूबाट दिल्लीको निम्ति उडेको इन्डियन एअरलाइन्सको विमान अपहरणमा परेपछि त्यसले नेपाल र भारतको सम्बन्धमा सुरक्षा अवधारणालाई केन्द्रमा ल्याइदिएको मानिन्छ । उक्त घटनापछि भारतीय सञ्चारमाध्यममा नेपालको सुरक्षा व्यवस्थाबारे निकै नकारात्मक टिप्पणीहरू भएका थिए ।

‘हुन त सो विमानलाई अपहरण गरेर पहिले भारतकै अमृतसर लगिएको थियो । त्यहाँ भारतले नियन्त्रण गर्न सकेन । तर समग्र सुरक्षा कमजोरीको दोष नेपालमाथि थोपरिएको थियो,’ भारतमा लामो समय काम गरेका पत्रकार युवराज घिमिरे भन्छन् । ‘त्यस घटनापछि नेपालसँगको सम्बन्धमा भारतले सुरक्षा अवधारणालाई हावी गराएको पक्कै हो ।’ त्यतिखेर भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहता नेपालमै थिए ।

अपहरणको घटनापछि विकसित घटनाक्रम सम्झिँदै उनी भन्छन्, ‘त्यो बेला त भारत सरकारले नेपालको विमानस्थलको सुरक्षालाई लिएर निकै आलोचना गरेको थियो । मेरो आफ्नै अनुभवमा पनि त्यो समयमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा एकदम कमजोर थियो । यहाँसम्म कि आगमन र प्रस्थानसमेत छुट्ट्याइएको थिएन ।’ इस्लामवादी आतङ्कवादीहरूले काठमाण्डूबाट उडेको आईसी ८१४ जहाजलाई अपहरण गरेर अमृतसर, लाहोर, अनि दुबई हुँदै अफगानिस्तानको कान्दहारमा पुर्‍याएका थिए ।

तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंह आफैँ कान्दहारले पुगेर अपहरणकारीहरूको मागबमोजिम भारतीय जेलमा रहेका तीन बन्दीलाई बुझाएर यात्रुहरूलाई मुक्त गराएका थिए । त्यो घटनालाई भारतीय संस्थापनले नमिठो धक्काको रूपमा लिने गरेको छ । त्यस बेला मुक्त गराइएकामध्ये एक मसूद अजहरले पछि जैश-ए-मोहम्मद नामक लडाकु समूह खोले । उनीमाथि सन् २००१ को भारतीय संसद्‌मा भएको आक्रमण र सन् २०१९ मा कश्मीरको पुलवामामा भएको आक्रमणको आरोप लागेको छ ।

तनावपूर्ण समय
विमान अपहरणको समयमा दिल्लीस्थित नेपाली दूतावासमा मदनकुमार भट्टराई उपप्रमुख थिए । राजदूत भेषबहादुर थापा दिल्लीबाहिर गएकाले त्यति बेलाको तनावपूर्ण परिस्थिति उनैले सम्हाल्नु परेको थियो । ‘विमान अपहरण भएको झन्डै १५ मिनेटमै मैले जानकारी पाएँ । राजदूत थापाको अनुपस्थितिमा मैले नै सबै सम्हाल्नुपरेको थियो ।’ ‘एक सातापछि यात्रुहरू रिहा भएर दिल्ली आइपुगे । नेपाली यात्रुहरूलाई हामीले दूतावासमै राखेर परिवारसँग सम्पर्क गरायौँ अनि स्वदेश पठाइदियौँ,’ भट्टराई सम्झिन्छन् । नेपालको कमजोर सुरक्षाका कारण विमान अपहरण भयो भनेर भारतमा व्यापक धारणा बनेको थियो ।

राजाको जन्मोत्सव नै सारियो
त्यस विषम परिस्थितिको प्रभाव आधिकारिक तहमा पनि धेरथोर पर्ने नै भयो । सन् १९९९ डिसेम्बर २४ तारिखमा अपहरण भएको विमान डिसेम्बर ३१ मा छाडियो । तर डिसेम्बर २९ मा राजा वीरेन्द्रको जन्मोत्सवको बेला पारेर दूतावासमा राष्ट्रिय दिवस मनाउने पूर्वनिर्धारित कार्यक्रय थियो । भट्टराईका अनुसार अपहरण भएकै बेला कार्यक्रम गर्दा भारतीय पाहुनाहरूको उपस्थिति कम हुने आशङ्का एकातिर थियो भने त्यही बेला भारतका पूर्व राष्ट्रपति शङ्करदयाल शर्माको पनि निधन भएको थियो ।

‘त्यसैले हामीले राष्ट्रिय दिवसको समारोह नै पछाडि सारेर ज्यानुअरी ४ मा गर्नुपरेको थियो,’ भट्टराई भन्छन् । समारोहमा उपराष्ट्रपति कृषनकान्तलाई निमन्त्रणा पठाइएको थियो । ‘अनेक किसिमका हल्लाहरू चलिरहेका थिए । सुरुमा त उपराष्ट्रपति हाम्रो समारोहमा नआउने जानकारी आएको थियो । पछि फेरि वहाँ आउनुभयो,’ भट्टराई सम्झिन्छन् । ‘उपराष्ट्रपति कृषनकान्तले नेपालबाट यस्तो होला भनेर हामीले अपेक्षा गरेका थिएनौँ, हामी दु:खी छौँ भन्नुभएको थियो । संयोगवश त्यतिखेरै आइपुगेका भारतकै भूतपूर्व विदेशसचिव त्रिलोकीनाथ कौलले भारतकै अमृतसर आइसकेको विमान त्यसरी उडेर जाला भनेर आफूले पनि अपेक्षा नगरेको भन्दिनुभयो । त्यसपछि वातावरण अन्यत्रै मोडियो ।’

अपहरणपछिका ‘किस्सा’
नेपालको विमानस्थलको सुरक्षाबारे भएका व्यापक आलोचनाका कारण त्यसपश्चात् सुरक्षा व्यवस्थामा निकै परिवर्तन भयो । भारतले आफ्ना विमानहरूमा अझै थप सुरक्षाको माग गर्न थाल्यो । ‘भारतीयहरूले काठमाण्डूमा आफ्नो विमान अपहरणमा परेको हुनाले उनीहरूका विमानसेवामा बढी सुरक्षा हुनुपर्‍यो भन्ने चासो राख्न थाले,’ पूर्वगृहसचिव श्रीकान्त रेग्मीले बताउँछन् । त्यही बेलादेखि नेपालमा एउटा नयाँ चलन सुरु भयो । भारतीय विमानहरूले त्यहाँ विमान चढ्ने भर्‍याङमै थप एक चरणको सुरक्षाजाँच गर्छन् ।

‘त्यतिखेर विवाद भएपछि नेपाल सरकारले विमानस्थलको भूमिभन्दा केही फिट माथि चेकजाँच गर्न अनुमति दियो । थप जाँचको लागि राखिएको त्यस्ता ल्याडरपोइन्ट सुरक्षा अहिले पनि जारी छ,’ भारतीय सुरक्षाविद् अशोक मेहता भन्छन् । उनका अनुसार अपहरणपछि सुरक्षाको धेरै चिन्ता गरिए पनि अहिले भने काठमाण्डू विमानस्थलको सुरक्षा निकै सुध्रिसकेको छ । तर अझै पनि सुरक्षा संवेदनशीलता भने उस्तै छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
आज तराईमा हर्षोल्लासका साथ होली मनाइँदै
हजुर एआई एप मार्च १ देखि सेवा सुरु, ‘ठीकठाक’ मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.