काठमाडौं । दाङको तुलसीपुरबाट लमहीतर्फ जाँदै गरेको यात्रुवाहक बस मुसोट खोला नजिकै दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बुधबार बिहान पौने १२ बजे रा १ ख १४८९ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भएर पल्टिएको हो ।
सबैको उपचार लमही अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय ढाङले जनाएको छ । ‘२१ जना घाइते छन् र केही अस्पतालबाट छुटिसकेका छन्’, ढाङ प्रहरीले जनाएको हो ।





