गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई निर्घात कुटपीट
काठमाडौं । गृहकार्य नगरेको भन्दै रुपन्देहीमा शिक्षकको कुटाईबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् । सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ मा रहेको ज्ञानदिप बोर्डिङ स्कूलका शिक्षक शैलेन्द्र बरईले कक्षा पाँचमा अध्ययनरत् विद्यार्थी तौफिक धुनियालाई कुुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।
कुुटाइबाट विद्यार्थी धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ । गएको बुधबार पनि घटना शनिबार मात्रै बाहिर आएको छ । विद्यार्थी कुटपिट गर्ने बरई शिक्षक फरार छन् । सोही दिनदेखि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ । गृहकार्य विद्यार्थी धुनियाले गर्न नसकेर विद्यालय जाँदा उनीमाथि कुटपिट गरिएको परिवारले जनाएको छ ।
विद्यार्थी धुनियाँको उपचार स्थानीयस्तरमा सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको धुनियाका हजुरबाबा मोहम्मद हुसेन धुनियाले बताए । इलाका प्रहरी कार्यालय मर्चवार प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकाल आफूूहरुले फरार शिक्षकको खोजी गरिहेको बताए ।
‘परिवारले उजुरी भने अहिलेसम्म दिएको छैन । ‘हामी खोजी गरिरहेका छौ । प्रक्रिया पुर्याएर पक्राउ गरी आवश्यक कारवाही गछौं,’ ढकालले भने । शिक्षकलाई अटेरी गरेको र गृहकार्य नगरेको कारण शिक्षकले उनलाई सामान्य तर्साएको उनको दावी छ । विद्यालयले कक्षा ४ सम्मको मात्र अनुमति लिएको पाइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
