बैदेशिक रोजगारीमा १५ दिन अघि दुबई पुगेका १० जना नेपाली अलपत्र
पुस १८, काठमाडौँ | बैदेशिक रोजगारीका क्रममा १५ दिन अघि दुबई गएका १० जना नेपाली अलपत्र परेका छन् | सम्झौता अनुसारको काम र पारिश्रमिक नदिएको र खान बस्नसमेत नपाएको उनीहरुको भनाई छ |
रिलाइबल र जीसीडी मेनपावर कम्पनीमार्फत प्रतिव्यक्ति एकलाख ३० हजारभन्दा बढी खर्च गरेर दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् | उनीहरुबाट म्यानपावर कम्पनीले एयरोलिंक कम्पनीको काम भन्दै एक लाख ३० हजार रुपैयाँ लिएको थियो | तर उनीहरुलाई सप्लाई गर्ने रोयल कम्पनीमा पठाएपछि घर फर्कने व्यवस्था मिलाउन आग्रह गरेका छन् |
उदयपुरका रामनरेश चौधरी, सुनसरीका लिबछ साफी, सादिक मियाँ, नवलपरासीका तेजबहादुर कुमाल, धनुषाका गोबर्धन न्यौपाने, उदयपुरका मोहन घिमिरे र कैलालीका अनिल साहगायत दुबईमा अलपत्र परेका हुन् | कम्पनीले दिन दिनै अलगअलग ठाँउमा मजदुरी गर्न पठाउने गरेको तर खान र बस्न समेत नदिएपछि उनीहरु अन्य नेपाली कामदारको सरणमा बसिरहेका छन् |घर फर्कनका लागि म्यानपावर कम्पनीलाई आग्रह गर्दा समेत धम्क्याउने गरेको उनीहरुको भनाइ छ |
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


