असई र हवलदारले कुटे विद्युत प्राधिकरणका कर्मचारी
जानकारी केन्द्र
२०७६, पुष, २३
काठमाडौं । नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रबाट खटिएको ‘नोलाइट’ टोलीलाई प्रहरीले कुटपिट गरेको छ । मङ्गलबार राति १० बजे बिजुलीको लाइन मर्मत गरि फर्किएका दुई जना कर्मचारीमाथि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक प्रविण राई र हवलदार छविन्द्र राईले कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते भएका विद्युत प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्काको अर्थोपेडिक हस्पिटलमा उपचार भैरहेको छ । कुटपिट गर्ने दुई जनालाई बौद्ध चौकीमा राखिएको छ ।
महानगरीय प्रहरी बौद्धका अनुसार प्राधिकरणका कर्मचारीले तीव्र गतीमा गाडी चलाएको र त्यसै विषयमा विवाद भएको थियो । प्रहरीविरुद्ध जाहेरी आएपछि मुद्दा चलाइने र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने बौद्ध प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
