Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

आक्रमणमा परी १८ शान्ति सेना घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, पुष, २८
आक्रमणमा परी १८ शान्ति सेना घाइते

संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् | मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एक जना प्रवक्ताले जानकारी दिएका छन् |

“संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सैन्य शिविरमा आज विहान आक्रमण भएको खवर आएको छ, किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आक्रमण भएको हो,” प्रवक्ता स्टेफन डुजार्रिकले भन्नुभयो ।

सो मिसनमा माली र अन्तर्राष्ट्रिय सुरक्षा फौजका सुरक्षाकर्मीहरु खटिएको पनि उहाँले जानकारी दिनुभयो | उहाँले प्रारम्भिक विवरणमा १८ शान्ति सेना घाइते भएको जानकारी आएको र अन्य विवरण आउने क्रममा रहेको पनि बताउनु भयो ।

Top Changing Nepal

युट्युब सट्स