विद्यालयमा पसेर तीन शिक्षकको हत्या, एकको अपहरण
२९ पुस । पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा त्यहाँका आतङ्कवादीहरुले तीन जना शिक्षकको हत्या गरेका छन् । केन्यामा केही वर्षदेखि हत्या आतङ्क जारी राखेको समूह अल सबाबले उक्त विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको हत्या गरेको र अर्का एकजनालाई अपहरण गरी लगेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केन्यामा सो समूहले विगतदेखि नै आतङ्ककारी क्रियाकलाप जारी राख्दै आएका छन् । अल सबाबले यहाँका शिक्षक र विद्यार्थीलाई तारो बनाउने गरेको छ ।
ठूलो संख्यामा आएका हतियारधारीले आक्रमण गरी त्यहाँका केही विद्यालयमा पनि क्षति पु¥याएका छन् । साथै ती आक्रमणकारीले पूर्वी केन्याको कमुथेमा रहेको प्रहरी चौकीमा पनि उनीहरुले आगजनी गरेका छन् ।
उनीहरुले स्थानीय अस्पतालबाट एकजना नर्सलाई पनि अपहरण गरी लगेका बताइएको छ । साथै स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीलाई पनि उनीहरुले आक्रमण गरी घाइते बनाएका छन् ।
अल कायदासँग सम्बन्ध रहेको सो अल सबाब नामक आतङ्ककारी समूहले केन्याका विद्यालयबाट बालिकालाई पनि अपहरण गर्ने गरेका छन् ।
उनीहरुले बालिका शिक्षाको विरोध गर्ने गरेका छन् । त्यसैले बालिका शिक्षा दिने विद्यालयबाट छात्रछात्रा नै अपहरण गर्ने गरेका छन्
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


