कतारले गर्यो कानूनी सुधार, अबदेखि यी क्षेत्रमा काम गर्नेहरुलाई एक्जिट पर्मिट नचाहिने
माघ ३, दोहा । कतारको श्रम कानून भित्र नपर्ने कामदारलाई पनि कतार छोड्न खुरुज पत्र ( एग्जिट पर्मिट ) नचाहिने भएको छ ।
कतारले अल्पकालिन वा पूर्णरुपमा कतार छोड्न चाहने विदेशी श्रमिकलाई खुरुज (एक्जिट पर्मिट) नचाहिने क्षेत्र थप गरेको हो । यसमा घरेलु काम गर्नेहरु समेटिएका छन् । कतारले यसअघि नै श्रम कानूनले समेट्ने क्षेत्रमा कार्यरतहरुलाई एक्जिट पर्मिट आवश्यक नपर्ने निर्णय गरिसकेको छ ।
कतारको आन्तरिक मन्त्रालयका अनुसार अवदेखि कतारमा कार्यरत कुनै घरेलु कामदार स्वदेश फर्किन चाहेमा अव त्यो सहज भएको छ । आफ्नो सम्झौता अवधिभित्रै स्वदेश फर्किन चाहने त्यस्तो घरेलु श्रमिकले स्वदेश फर्किन चाहेमा ७२ घण्टा (तीन दिन) अगाडी आफ्नो रोजगारदातालाई जानकारी दिनुपर्नेछ । पूर्व जानकारी नदिएकाहरुले भनें बाँकी रकम, फर्किने टिकटको सुविधा पाउने छैनन् भनें उनीहरुलाई पुनः कतार आउन ४ बर्षे बन्देज लाग्नेछ ।
यसैगरी नीजि क्षेत्रमा काम गर्नेहरु, कृषि क्षेत्रमा काम गर्नेहरु, कतारको समुद्री क्षेत्रमा काम गर्नेहरु, ग्यास तथा यससँग सम्वन्धित क्षेत्रमा काम गर्नेहरु र कतारको मन्त्रालय, सार्वजनिक संस्थाहरुमा काम गर्नेहरुलाई पनि कतार छोडेर स्वदेश फर्किन एक्जिट पर्मिट नचाहिने व्यवस्था यसअघि नै भइसकेको छ ।
कुनै रोजगारदाताले आफूसँग कार्यरत कुनै कामदार स्वदेश फर्किदा आफ्नो अनुमति चाहिने भएमा त्यसको अग्रिम जानकारी सरकारी निकायलाई गराउनु पर्ने व्यवस्था छ । तर यसरी रोजगारदाताले स्वदेश फर्किन चाहने श्रमिकले अनिवार्य रुपमा आफ्नो अनुमति लिनु पर्ने व्यवस्था कुल श्रमिक मध्ये ५ प्रतिशत भन्दा बढीलाई राख्न पाउने छैन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
