विवाह कहिले र कसरी हुन्छ (ज्योतिषका सुत्रसहित)
ज्योतिषलाई धेरै सोधिने प्रश्न भनेको विवाहको समय हो । विवाहको विषयमा विशेषगरी युवायुवतीको माता पितालाई बढी चिन्ता हुन्छ । आज भन्दा ५०–६० वर्ष अघि बाल विवाहको चलन थियो । उक्त समयमा पण्डितले सरल तरिकाबाट काम गर्ने गरेका थिए । कुन्डलीको सप्तम भावमा राशीको संख्यामा जोड्दा विवाह हुने वर्ष देखिन्थ्यो ।
पहिला कम्तिमा आयु नौ वर्षमा तुला लग्न आएमा विवाह २० वर्षमा हुने गथ्र्यो । तर अहिले समय बदलिएको छ । अहिले विवाह हुने अवस्था (१८–२८ वर्ष) जब शनि र वृहस्पति दुइटै सप्तम भाव र लग्न गोचरवश यीनको भावमा आएमा उक्त अवधीमा अवश्य विवाह हुन्छ ।
सप्तमेशकी दशा–अन्तरदशा विवाहको लागी सबैभन्दा अनुकुल रहन्छ । शुक्र र बृहस्पतिको दशा–अन्तरदशाले विवाहको लागि निकै सुख प्रदान गर्छ । मांगलिक युवा युवतीको लग्नमा शनि भएमा विवाह ढिलो हुन सक्छ । यस्तो अवस्थामा केटी २७–२८ वषर््ासम्म कुमारी रहन सक्छिन् । यीनीहरुको पहिलो प्रेम वा विवाह छुट्न सक्छ ।
सप्तम भाव स्थित भएको ग्रह दशामा, सप्तम भाव हेर्ने ग्रह का दशा– अन्तरदशा भएमा विवाह हुने देखिन्छ । शनिको साढे साती विवाहको लागी बाधक हुदैन । साढे सातीमा धेरै विवाह हुने गर्छ ।
लग्नेश र सप्तमेशको स्फुट (रशी–अंश कला ) को जोड दिएमा राशी–अंश प्राप्त हुने गर्छ । राशी–अंशमा गोचरको बृहस्पति आएमा विवाह हुन्छ । जब लग्नेश गोचरानुसार सप्तम भावस्थ राशीमा आउँछ तब पनि विवाह हुन्छ । गोचरका शुक्र वा सप्तमेश लग्नेशको राशी वा लगनेशको नवांशबाट त्रिकोणमा जान्छ तब पनि विवाह हुने गर्छ ।
यदि सबै ठिक हुदाँ पनि विवाह सुनिश्चित नभई बाधा आएमा गोस्वामी तुलसीदासजी को रचित पार्वती मंगल स्तोत्र का संध्या पाठ गर्नु पर्ने हुन्छ । धार्मिक ग्रन्थको सहयोगमा
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

