Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

चलचित्र “गन्तव्य यो जिन्दगीको” को शुभमुर्हत रोल्पामा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, माघ, १३
चलचित्र “गन्तव्य यो जिन्दगीको” को शुभमुर्हत रोल्पामा

नेपाली कथानक चलचित्र “गन्तव्य यो जिन्दगीको” को रोल्पाको रुन्टिगढि मन्दिरमा शुभमुर्हत सहित छाँयाकन सुरु भएको छ । थ्रीलेन ईन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको “गन्तव्य यो जिन्दगीको” रोल्पामा गित छाँयाकन सुरु गरिएको केही तस्बीर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्र छाँयाकन सुरु भएको जानकारी दिएको हो ।

चलचित्र “गन्तव्य यो जिन्दगीको” को सामाजिक कथावस्तु समेटेर बन्न लागेको निर्देशक सन्देश शाहले जानकारी दिएका छन् । चलचित्रलाई दाङ,रोल्पा र काठमाडौंमा छाँयाकन गरिने छ ।

चलचित्रमा सन्देश शाह कथा र निर्देशन रहेको छ । चलचित्रको लेखक भने गिरीराज घिमिरेको रहेको छ । यस्तै चलचित्रमा सुदन थापाको छाँयाकन रहेको छ । चलचित्रमा सन्देश शाह,सुस्मिता श्रेष्ठ,लोकराज पराजुली,तेज जंग थापा,सुदन थापा र प्रकाश थापाको अभिनय रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स