माघ २३,बिहिबारको राशिफल
जय गुरु देव !! जय माँ बंगलामुखी !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको पञ्चाङ्ग–
वि.सं. २०७६ माघ २३, बिहीबार, इ.स. २०२० फेब्रुवरी ६, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० सिल्लाथ्व, माघ शुक्लपक्ष, द्वादशी, १७:३० उप्रान्त त्रयोदशी, नक्षत्र– आर्द्रा, २३:०९ बजेउप्रान्त पुनर्वशु,योग– विष्कम्भ, २३:३३ बजेउप्रान्त प्रीति, करण– वालव, १७:३० बजेदेखि कौलव, २९:०५ बजेउप्रान्त तैतिल, आनन्दादिमा काण योग, चन्द्रराशि– मिथुन, सूर्योदय– ६:५० बजे, सूर्यास्त– १७:४७ बजे र दिनमान २७ घडी १ पला। प्रदोष व्रत। भीष्म द्वादशी, वटुमाघयात्रा, सन्याडुली।
भोलिको- पञ्चाङ्ग–
वि.सं. २०७६ माघ २४, शुक्रबार,इ.स. २०२० फेब्रुवरी ७, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० सिल्लाथ्व, माघ शुक्लपक्ष, त्रयोदशी, १६:३४ उप्रान्त चतुर्दशी, नक्षत्र– पुनर्वशु, २२:४४ बजेउप्रान्त तिष्य, योग– प्रीति, २१:३० बजेउप्रान्त आयुष्मान्, करण– तैतिल, १६:३४ बजेदेखि गर, २७:५६ बजेउप्रान्त वणिज, आनन्दादिमा लुम्ब योग, चन्द्रराशि– मिथुन, १६:५२ बजेउप्रान्त कर्कट, सूर्योदय– ६:५० बजे, सूर्यास्त– १७:४७ बजे र दिनमान २७ घडी ५ पला। सौभाग्य–शूर्पदान।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
अरुसँग गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला, कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ, साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,आजको शुभ अंक ३ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बुझेरमात्र काम गर्नुहोला,विनादोष कारवाहीमा पर्ने सम्भावानछ,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ,आजको शुभ अंक ५ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
स्थानान्तरण हुने,राज्यबाट सम्मान हुने,कर्मयोगका थप बाटाहरू खुल्नेछन्,पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,मान–सम्मान पनि पाइनेछ,आजको शुभ अंक ८ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
व्यापारमा संकट आउने,यात्रामा अवरोध हुने,सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ,अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,अनुभवले ज्ञानको दायरा बढ्नेछ,आजको शुभ अंक १२ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला,फसिने डरले सताउन सक्छ,झगडा पनि हुनसक्छ, कर्मसिद्धिको समय छ,आजको शुभ अंक ८ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
जोश र जाँगर बढ्नेछ,घरेलु समस्या देखापर्न सक्छन्,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,सानो कामका लागि लामो यात्रा गर्नुपर्ला,आजको शुभ अंक ११ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सुरुमा बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला,आजको शुभ अंक ९ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ,पढाइमा सफलता मिल्ने,सन्तानहरुबाट सहयोग पाउने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,आजको शुभ अंक १ रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
भौतिक साधनहरू जुटाउन सकिनेछ,निकटजनहरुसँग बिना कारण टाढिनु पर्ने आवस्था आउन सक्छ, घरेलु समस्याले घरै छोड्ने स्थिति आउन सक्छ, स्वास्थ्य कमजोर देखिए पनि लक्ष्य प्राप्त गर्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,माता,पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ,सचेत रहनुहोस, विभिन्न अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,आजको शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ, अधुराकाम पुरा हुनुकोसाथै नयाँकाम पाउने योगछ,व्यापारमा प्रगति हुनेछ,प्रेम सफलरूपमा अघिबढ्नेछ, गोपनीयतामा ध्यान दिनुहोला,आजको शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
मानसिक तनाव उच्च विन्दुमा पुग्ने, प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्,बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

