‘मलाई ७० करोड मात्र होइन १० अर्ब जतिको प्रस्ताव आयो’
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद बारेको अडियो आफूलाई फसाउन गरिएको प्रपोकाण्ड भएको बताएका छन् । मन्त्री बाँस्कोटाले आफुमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार भएको बताए ।
बिहीबार नेकपा कञ्चनपुरको बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री बाँस्कोटाले यसलाई राजनीतिक रंग दिएर प्रपोकाण्ड मच्चाइन लागिएको प्रतिक्रिया दिए । उनले भने, ‘जसले गल्ती गर्छ, त्यही जान्छ । यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैैन । मैले गल्ती गरेको भए म जाँउला ।’
उनले करोडौंको प्रस्ताव धेरैले राखे पनि काम नबन्दा फोन रेकर्ड सार्वजनिक गरेको भन्दै आरोप अस्वीकार गरेका छन् । ‘त्यस्ता, प्रस्ताव धेरै वटा आउँछन् । आउने जति सबै मान्ने हो भने १० अर्ब जतिको आयो होला’, उनले भने ।
https://youtu.be/szy2WMOgdTM?list=PLzcQXXcyc2K5TTeSDIJsPkrE2DClK71Gu
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
