Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

खेल्न गएका बालकको बिजुली पोलमा किचिएर गयो ज्यान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, फाल्गुन, १९
खेल्न गएका बालकको बिजुली पोलमा किचिएर गयो ज्यान

धनुषा । धनुषामा बिजुलीको पोलमा किचिएर स्कुले बालकको ज्यान गएको छ । धनुषाको धनुषाधाम नगरपालिका ३ बस्ने विनोद गडेरीका छोरा अन्दाजी वर्ष १० का आशिक गडेरीको बिजुलीको पोलमा किचेर ज्यान गएको हो ।

स्थानीय धनुष आवासीय विद्यालयमा अध्ययनरत बालक आशिक आइतबार दिउँसो ४ बजे विद्यालय विदा भएपछि घर फर्केर नजिकै जम्मा गरि राखिएको विजुलीको पोलमा खेल्न जाँदा किचिएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । बालक पोलमाथि बस्न खोज्दा ढलेर जिउमै किचिएपछि घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

बालक किचिएको जानकारी हुना साथ ५० मिटरको दुरीमा मात्र रहेको ईलाका प्रहरी कार्यालय धनुषा र सशस्त्र प्रहरी बल धनुषाधाम घटनास्थल पुगेर डोजर लिएर पोल हटाएको थियो । स्थानीयका अनुसार तबसम्म बालकको ज्यान गइसकेको थियो ।

बालकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ । विद्युत प्राधिकरणको लापरवाहीले बालकको ज्यान गएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् ।

Top Changing Nepal

युट्युब सट्स