Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

एलिजाको “अनुराग” युटुबमा सार्वजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, चैत्र, १६
एलिजाको “अनुराग” युटुबमा सार्वजनिक

पत्रकार ॠषि धमलाकी पत्नी अभिनित चलचित्र ‘अनुराग’  ओ एस आर डिजिटल मार्फत युटुबमा सार्वजनिक गरिएको छ। सांगीतिक प्रेमकथामा आधारित “आनुराग” ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको  हो । “आनुराग” लाई सत्यराज चौलागाइले निर्देशन गरेका हुन् ।

यस चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा भरत गौतम र गीता भेटवालको लगानी छ । चलचित्रमा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रक नबिन पुरी छन । रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको छ । चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको  छ  ।

Top Changing Nepal

युट्युब सट्स