Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

श्रम स्वीकृति लिएर पनि विदेश जान नपाएकालाई प्रधानमन्त्री रोजगारीबाट राहत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, चैत्र, १९
श्रम स्वीकृति लिएर पनि विदेश जान नपाएकालाई प्रधानमन्त्री रोजगारीबाट राहत

काठमाडौँ | श्रम स्वीकृति लिएर पनि बैदेशिक रोजगारीमा जान नपाएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिइने भएको छ ।

मन्त्रिपरिषदको आइतबारको बैठकले कोरोनाको संक्रमणका कारण वैदेशिक रोजगारीमा जानका लागि स्वीकृति लिएका र वैदेशिक रोजगारीबाट विदामा आएर जान नपाएकालाई राहत दिने निर्णय भएको हो ।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिहदरबारमा सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिएका तर कोभिड-१९ का कारणले जान नपाएका र वैदेशिक रोजगारीबाट फर्किएर जान नपाएकाको जिल्लागत लगत निर्माण गरी स्थानीय तह मार्फत रोजगार सेवा केन्द्रमा दर्ता गराउने र त्यहाँबाट प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत परिचालित गर्ने भन्ने निर्णय भएको छ ।

Top Changing Nepal

युट्युब सट्स