• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • ७ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • ७ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १० घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १० घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • ११ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १३ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १४ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १४ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रतिष्पर्धामा कस्ले बाजी मार्ला ? कुन कुन देश के गर्दैछन्

admin २०७६, चैत्र, २३

विज्ञानका ठूला आविष्कार गरेर आफूलाई अब्बल जिवित प्राणी सावित गरिसकेको मानिसका सामु नयाँ चुनौती थपिएको छ । मंगल ग्रहमा पुग्ने लक्ष्य लिइसकेको मानिसलाई आँखाले देख्न नसकिने भाइरसले चुनौती दिएर अस्तित्वमाथि नै प्रश्न तेर्साइदिएको छ ।

विश्वभर महामारी बनेको कोरोना भाइरसले मानवीय क्षति बढाइरहेको छ । विश्वभर १२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । मर्नेको संख्या ६४ हजार नाघिसकेको छ । तर, मानव जाति भाइरसविरुद्ध संघर्षरत छ ।

विश्वका धनी र शक्तिशाली देशहरु भाइरसविरुद्ध भ्याक्सिन बनाउन सक्रिय छन् । ती देश र तिनका भ्याक्सिन बनाउने कम्पनिले अरबौं लगानी गरेर रिसर्च गरिरहेका छन् । तैपनि, भ्याक्सिनको टुंगो लागिसकेको छैन । भ्याक्सिनको व्यवसायिक उत्पादन सन् २०२१ यता नहुने बताइएको छ । वैज्ञानिकहरु रातदिन खटिएर भ्याक्सिन बनाउन जुटेका छन् ।

विशेषगरी विज्ञानको विकासमा फड्को मारेका अमेरिका, चीन, रुस, भारत, अष्ट्रेलियाका अलावा युरोपेली देशहरु भ्याक्सिनको विकासमा लागेका छन् । ती देशका कम्पनिहरुले यसमा अरबौंको लगानी गरिरहेका छन् ।

अमेरिका
अमेरिका कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने पहिलो देश बन्ने दौडमा छ । उसले भ्याक्सिनको मानव परीक्षण शुरु गरिसकेको छ ।
कोरोना भाइरसको संक्रमण (कोभिड १९) विरुद्धको भ्याक्सिनको पहिलो मानव परीक्षण भएको छ । भ्याक्सिन विकासमा लागेको अमेरिकी कम्पनि हो मोडर्ना थेरापेटिक्स ।

भ्याक्सिनको पहिलो मानव परीक्षणपछि भ्याक्सिन विकास गरिरहेको कम्पनि अगाडि बढ्ने सोचमा पुगेको छ । यद्यपि, भ्याक्सिनको पूर्ण विकास गरी प्रयोगमा ल्याउन कम्तिमा एक वर्ष लाग्नेछ । पछिल्लो परीक्षणले रोग प्रतिरोधात्मक प्रणालीले कसरी कोरोना भाइरविरुद्ध काम गर्छ भनेर महत्वपूर्ण जानकारी दिनसक्छ । यसले वैज्ञानिकहरुलाई अझ अगाडि बढ्ने माहोल सृजना गर्छ ।

पहिलो परीक्षण सफल र सुरक्षित देखिएमा यसको पुनः परीक्षण ४५ जनामाथि हुनेछ । ती ४५ जना सार्स, कोभ- २ र कोभिड- १९ को भाइरसबाट संक्रमित नभएको हुनुपर्नेछ । उनीहरुले तीन किसिमका भ्याक्सिनको मात्रा प्रयोगमा ल्याउनेछन् । जसले रोगप्रतिरोधात्मक प्रणालीलाई कोरोना भाइरसविरुद्ध सक्रिय बनाउन भूमिका खेल्ने भनिएको छ । यसमध्ये कुन चाहिं सबैभन्दा सफल र प्रभावकारी हुन्छ भनी परीक्षणबाट पत्ता लाग्नेछ । साथै त्यसको साइड एफेक्टको समेत अध्ययन हुनेछ ।

अनुसन्धानकर्ताहरुले सयौं मानिसमा त्यसको परीक्षण गर्नेछन् । तबमात्र खोपको प्रभावकारिता र साइड एफेक्टबारे निक्र्यौल हुनेछ । भ्याक्सिन सुरक्षाका लागि मात्र नभई प्रभावकारी र सफल भएको प्रमाणित हुनुपर्छ । भ्याक्सिनको परीक्षण भइरहँदा यसको लाखौं मात्रा उत्पादनको पूर्व तयारी भइसकेको छ । व्यवसायिक उत्पादनको तयारीमा कम्पनि लागिसकेको छ ।

भ्याक्सिनको संक्रमितलाई लगाउन अझै केही महिना लाग्छ । नेष्नल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्टिअस डिजिजेसका निर्देशक डा। एन्थोनी फौसीले अर्को १२ देखि १८ महिना नलाग्ने आँकलन गरेका छन् । हप्ता, दिन र मिनेट गनेर काम गरिरहेको बताए । मोर्डना थेरापेटिक्सका अध्यक्ष हज भन्छन्, ‘यो एउटा दौड हो, भाइरसविरुद्धको दौड ।’ उनले हरेक समयलाई महत्वपूर्ण ठान्दै नतिजाका लागि काम गरिरहेको बताए ।

भारत
कोरोना भाइरसविरुद्धको भ्याक्सिनको भारतले पनि विकास गरिरहेको छ । पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरेका हुन् । यसको पूर्ण विकासका लागि सेरम र कोडाजेनिक्सको संयुक्त प्रोजेक्टमा तीन अर्ब भारतीय रुपैयाँ बजेट छुट्याइसकिएको जनाइएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार भ्यासिनको मानवमाथि परीक्षण छ महिनापछि हुने बताइएको छ । त्यसअघि मुसामा यसको परीक्षण हुनेछ । सेरमका प्रमुख कार्यकारी निर्देशक अडर पुनवालाले भ्याक्सिन परीक्षणका लागि आफूहरु निकै अगाडि बढिसकेको खुलासा गरेका छन् । सामान्यता कुनैपनि भ्याक्सिन पूरा विकास गर्न सात देखि आठ वर्ष लाग्ने गरेकोमा छ महिनाभित्र कोरोना भाइरसविरुद्धको भ्यासिन तयार हुने बताएका छन् ।

तयार गरिएको भ्याक्सिन मुसामा परीक्षण भइसकेको छ । मानवमाथि छ महिनापछि परीक्षण गरी यसलाई अनुमोदन गरिने उल्लेख छ । सन् २०२२ मा भ्याक्सिनको व्यवसायिक उत्पादन र वितरण हुनेछ ।

छ महिनाभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन मानवमा परीक्षण गरेपछि यो अहिलेसम्म भारतमा बनेका भ्याक्सिनमध्ये सबैभन्दा छिटो हुनेछ । सेरमका वैज्ञानिकहरु भ्यासिन तयार गरेर निकै उत्साही भएको जनाइएको छ ।

पुनेस्थित सेरम इन्टिच्युट भारतको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादन कम्पनि हो । यसले यूरोपमा समेत आफ्नो उत्पादन गर्छ ।

चीन
कोरोना भाइरसको पहिलो संक्रमण चीनमा देखिएको हो । उसले रोग रोकथाममा महत्वपूर्ण सफलता हासिल गरिसकेको छ । चीन कोरोनाविरुद्ध खोप विकासमा समेत सक्रिय छ ।

चीनले कोरोना भाइरसविरुद्व खोप प्रकारको भ्याक्सिन विकास गरिरहेको छ । भ्याक्सिनको प्रयोग जनावरमा गरी सफल भएको चिनियाँ एकेडेमी मेडिकल साइंसेजको प्रयोगशाला पशु विज्ञान संस्थानका प्रमुख किन चुआनले मंगलबार ब्रिफिङमार्फत जानकारी दिएकी हुन् ।
खोप प्रकारको भ्याक्सिन मध्ये केही निकै प्रभावकारी भएको चुआनले जनाएकी छिन् । भ्याक्सिनको परिक्षण मुसा र बाँदरमा भइरहेको जाकारी उनले दिइन् । भ्याक्सिनको अन्य असरको खोजी भइरहेको जनाइएको छ ।

कोरोनाको संक्रमणका लागि एउटा प्रभावकारी भ्याक्सिनको कार्य तीव्रगतीमा भइरहेको जनाइएको छ । छिट्टै भ्याक्सिनको परिक्षण मानिसमा गर्ने प्रतिबद्ता चिनियाँ शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधीका निर्देशक लेई चाओजीले जनाएका छन् । भ्याक्सिनको निर्माणको उचित समय भने निर्धारण भइसकेको छैन् । चीनको विज्ञान प्रविधि मन्त्री जु नानपिंगले अप्रिल महिनाको अन्त्यसम्म भ्याक्सिनको परिक्षण गर्नेबारे जानकारी दिएका छन् ।

रुस
रुसले कोरोना भाइरसको भ्याक्सिन विकास गरिरहेको छ । उसले जनावरमा भ्याक्सिनको परीक्षण गरिरहेको खुलाइसकेको छ । रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको क्लिनिकल परीक्षण अप्रिल महिनाभित्र पूरा हुनेछ । अहिले मुसालगायत विभिन्न जनावरमा भ्याक्सिनको परीक्षण भइरहेको छ । जनावरमाथिको परीक्षण अप्रिलमै सकिनेछ ।

मे महिनाबाट पूर्व क्लिनियक परीक्षण शुरु भइसक्नेछ । भ्याक्सिनको विकास भेक्टर स्टेट रिसर्च सेन्टर अफ भिरोलोजी एन्ड बायोटेक्नोलोजीले गरिरहेको हो । जुन महिनाको अन्तसम्म पूर्व क्लिनिकल परीक्षण पूरा भई क्लिनिकल परीक्षण शुरु हुनेछ । शुरुमा भ्याक्सिनका विभिन्न पदार्थहरु बनाइनेछ । पूर्व क्लिनिकल अध्ययन भइरहेको छ ।

अष्ट्रेलियाअस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन ९सिसिरो० ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण शुरु गरेको छ । सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल) मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा गरेको हो । यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ । यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षात्मक स्थितिका बारेमा एक प्रकारको मुसामा परीक्षण गर्न लागिएको सिसिरोले जनाएको छ ।

सिसिरोका प्रमुख कार्यकारी ल्यारी मार्शलले कोरोनाभाइरस विरुद्धको अभियानमा यो एउटा कोशेढुंगा हुने विश्वास लिइएको बताउँदै यस कार्यमा अस्ट्रेलियाली र अन्य मुलुकको अनुभवलाई एकीकृत गरिएको जानकारी दिए ।

उनले मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिएको कोरोनाभाइरस विरुद्धको यस अभियानमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु परेको पनि बताए।

संक्रामक रोगको महामारीविरुद्ध गठन भएको विश्वव्यापी सञ्जाल (सेपी) को सहयोगमा सिसिरोले गत जनवरीदेखि नै कोरोनाभाइरस प्रतिरोधी भ्याक्सिन निर्माणको कार्यलाई अघि बढाएको थियो ।

भ्याक्सिनको प्रभावकारिताका अलावा सिसिरोले भ्याक्सिन लगाउने तरिकाका बारेमा पनि मूल्याँकन गर्न लागेको छ ।

यो भ्याक्सिन प्रभावकारी र सुरक्षित हुने देखिए पनि आमरुपमा उपलब्ध हुन १२ देखि १८ महिना लाग्ने सिसिरोले जनाएको छ ।

प्रयोगशालामा निर्माण गरिएको सार्स–कोभ–२ अर्थात् कोरोनाभाइरसलाई गत जनवरीमा एएएचएल प्रयोगशालामा पठाइएको थियो । “हामीले कोरोनाभाइरसका सम्बन्धमा जनवरीदेखि नै अनुसन्धान गरिरहेका छौं र जतिसक्दो चाँडो मानिसमा परीक्षण गर्ने योजना पनि बनाइरहेका छौं,” एएएचएलका निर्देशक ट्रेभोर ड्रिउले बताए ।

खोप कहिले आउँला

विश्व स्वास्थ्य संगठनकी इमर्जेन्सी कार्यक्रमकी प्रमुख डा. मारिया भान केरकोभीले विश्वभर २० प्रकारका खोप विकास भइहेको बताएकी छिन् । उनको भनाई उदृत गर्दै रुसी समाचार संस्था तासले भनेको छ, ‘कोभिड-१९ विरुद्ध कम्तिमा २० खोप विकासको चरणमा छ ।’ खोपको क्लिनिकल परीक्षण शुरु भइसकेको उनले बताइन् ।

तर, खोप प्रयोगमा आउन भने समय लाग्नेछ । खराब भाइरस जति खतरनाक हुनसक्छ खराब खोप उत्तिकै खतरनाक हुनसक्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले त्यसमा निकै सावधानी अपनाउने नीति लिएको उल्लेख छ ।

खोपको प्रभावकारितासँगै सबैको पहुँचको पनि विषय आउनसक्छ । यसको सुलभ र सहजताको पनि विषय उठेको छ ।

यसैगरी, अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने फाउन्डेसनले जनाएको छ ।- एजेन्सीको सहयोगमा Photo Source: TASS, AP and other Agencies

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.