• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • ७ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • ८ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १० घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १० घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • ११ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १३ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १४ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १४ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

३ दिन देखि काठमाडौबाट पैदल हिडेर आएका मजुदरलाई पत्रकार महासंघ र उवासंघले गर्यो उद्दार !

admin २०७६, चैत्र, २६

नत ठेकेदारले पैशा दिए नत प्रशासनले पास । बेखर्ची भएर घर जान पैदल हिड्यौं’

नवलपरासी पश्चिम , २१ चैत ः काठमाण्डौंबाट घर जानका लागि पैदल हिडेर आएका बाँकेका २९ जना मजुदरहरुलाई नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी र उद्योग वाणिज्य संघ परासीले उद्दार गरेर गन्तव्यमा पठाएको छ । काठमाण्डौंबाट ३ दिनअघि पैदल हिडेर शुक्रबार पश्चिम नवलपरासीको भूमहीमा पुगेका उनीहरुलाई यी दुई संस्थाले उद्दार गरेर घर पठाएका हुन् ।

३ दिनको पैदल यात्राका कारण सबै मजुदरका खुट्टा सुनिएका थिए । भोक र प्यासले उनीहरुको अनुहार मलिन थियो । समाचार संकलनका क्रममा बर्दघाटको टिसिएन चोकमा पुगेका पंक्तिकार ( पत्रकार महासंघका अध्यक्ष ) हरि शर्माले उनीहरुको दयनिय अवस्था देखेपछि उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीसँग समन्वय गरेका थिए ।

मजुदरहरुको बारेमा यी दुवै संस्थाले प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी उपरीक्षक लालमणि आचार्यलाई जानकारी गराएपछि प्रशासनले उनीहरुको सवारीसाधनका लागि पासको व्यवस्था मिलाएका थिए । उनीहरुलाई प्रहरीले भूमहीमा बिस्कुट र पानी समेत खुवाएको थियो ।

उवासंघले बसको व्यवस्था मिलाएपछि शुक्रबार साँझ उनीहरु बाँके गएका हुन् । २९ जनाको समुहमा महिलासँगै किशोर मजुदरसमेत थिए । पैसा पाएर घर जाने आशमा रहेका उनीहरुलाई ठेकेदारले पैशा नदिएपछि उनीहरु बेखर्चीजस्तै पैदल हिडेका थिए । बाँकेको राप्ती सुनारी घर भएका उनीहरु काठमाण्डौं टोखा नगरपालिका–२ पञ्चेतारामा पल्टिङ्ग गर्ने मजदुर हुन । सबै जना थारु समुदायका हुन् । उनीहरु टोखामा पर्खाल (वाल) लगाउने काम गर्दै आएका थिए । पटक पटक रकम माग्दा पनि राकेश राई नाम गरेका ठेकेदारले नदिएपछि खल्तीमा भएको केही पैशा लिएर घर हिडेको शिवराज थारुले बताए । घर जानका लागि टोखा नगरपालिकाका कार्यबहाक अध्यक्ष हेराकाजी महर्जनले सवारीसाधनको अनुमति दिएका थिए ।

तर काठमाण्डौं प्रहरीले उक्त पास अमान्य भन्दै प्रशासनको पास मागेर गाडी फर्काएको थियो । प्रहरीको लाठी खाँदै २ दिन पासका लागि काठमाण्डौं प्रशासनमा पुगेपनि नपाएको उनीहरुले गुनासो गरे । ३ दिनसम्म अन्न खान नपाएका उनीहरुले चिउरा र दालमोठले भोक मेटाएका थिए । काठमाण्डौंमा बस्दा पानीको समेत हाहाकार भएपछि कति दिन उनीहरुले खाल्डोमा पानी जम्मा गरेर खाएको तितो अनुभव सुनाए ।

लकडाउन खुल्ने संकेत नदेखिनु र ठेकेदारसमेत सम्पर्क बिहिन भएपछि बेखर्ची भएर घर हिडेको अर्का मजुदर रोशन चौधरीले बताए । ३ दिनको अवधिमा उनीहरुले करिब २ सय ४० कि.मिको पैदल दुरी पार गरेका थिए । घर जान थप २ सय ९५ कि.मि. हिड्नु पर्ने थियो । सवारीसाधनको व्यवस्था हुन नसकेको भए उनीहरु घर पुग्न अझै ४ दिन लाग्ने थियो । घर जान पाएपछि उनीहरुले पत्रकार महासंघ, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनलाई हात हल्लाएर धन्यवाद दिदैं बस चढेका थिए । बाटोमा आफूहरु जस्तै थुपै्र सर्वसाधारण पैदल हिडेर घरतर्फ जादै गरेको उनीहरुले बताए । सरकारले मजदुरी गरेर खानेलाई बसेकै स्थानमा खानाको व्यवस्था गर्न र नसके घर जान व्यवस्था मिलाउनु पर्ने उनीहरुको माग छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.