कतारमा रहेका नेपालीहरुलाई दुतावासको अत्यन्त जरुरी जानकारी
दोहा। कतारस्थित नेपाली दुतावासले कोरोना भाइरसको संकटबाट समस्यामा परेका नेपालीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । दुतावासले शुक्रबार एक विज्ञप्त्ती जारी गर्दै कोरोना महामारीको कारण खाद्यान्न सहयोग आवश्यक पर्ने भएमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
हेर्नुहोस् दुतावासले जारी गरेको विज्ञप्ति
विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ को महामारीबाट उत्पन्न असहज परिस्थितिले विभिन्न रोजगार‚ पेशा र व्यवसायमा आबद्ध रही कतारमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पर्न गएका विभिन्न प्रकारका समस्या सम्बन्धी जानकारी तथा गुनासाहरुको समाधानका लागि राजदूतावासले रोजगारदाता कम्पनी, कतारका सरकारी तथा अन्य सम्बन्धित निकाय, गैह्रआवासीय नेपाली संघ तथा नेपाली समुदाय र नेपाल सरकारसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको सबैमा विदितै छ ।
यसै सम्बन्धमा वर्तमान संकटको अवस्थामा राहत खाद्य सामग्री आवश्यक पर्ने नेपालीहरूलाई नेपाली राजदूतावास, गैह्रआवासीय नेपाली संघ तथा अन्य संघसंस्था तथा व्यक्तिहरूले समेत सहयोग वितरण गर्दै आएकोमा राहत वितरणमा हुनसक्ने दोहोरोपन हटाउन तथा राहत वितरण प्रक्रियालाई एकिकृत रूपमा छरितो तथा प्रभावकारी बनाउने उद्देश्यले यस राजदूतावासले मिति २२ मे २०२० देखि कोभिड १९ राहत वितरण प्रक्रिया समाप्त नहुँदासम्म कतारमा राहत वितरणको संयोजन तथा कार्यन्वयन गर्ने सम्पूर्ण जिम्मा गैह्रआवासीय नेपाली संघ कतारलाई दिएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ । यो प्रक्रियामा राजदूतावासले संरक्षक र सहजकर्ताको भूमिका निभाउनेछ ।
यस परिप्रेक्ष्यमा देहायबमोजिम गर्ने गराउने व्यवस्थाका लागि राजदूतावास सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ ।
१. कतारमा रहेका सम्पूर्ण नेपाली संघसंस्था तथा इच्छुक व्यक्तिहरूले राहत खाद्य सामग्रीको लागि गैह्रआवासीय नेपाली संघ कतारलाई यथाशक्य सहयोग गरिदिनुहुन तथा राहत वितरणका लागि स्वयंसेवीहरू उपलब्ध गराइदिनुहुन राजदूतावास हार्दिक अनुरोध गर्दछ । सहयोगकर्ता व्यक्ति वा संस्थाले चाहेमा दूतावासलाई समेत आफूले गरेक सहयोगको जानकारी दिन
सक्नुहुनेछ ।
२. आवश्यकता अनुरूप कतारी दाता संस्था वा व्यक्तिहरूबाट राहत खाद्य सामग्री प्राप्त गर्न राजदूतावासले गैह्रआवासीय नेपाली संघ कतार सङ्ग पनि समन्वय गरि सहजीकरण गर्नेछ ।
३. राहत खाद्य सामग्री भण्डारणका लागि राजदूतावासले आवश्यक सहयोग गर्नेछ ।
४. राहत सामग्री वितरणका लागि समन्वय गर्न राजदूतावासको तर्फबाट एकजना प्रतिनिधिलाई समावेश गरिनेछ ।
५. गैह्रआवासीय नेपाली संघ कतारले आवधिक रूपमा राहत खाद्य सामग्री संकलन तथा वितरणको विवरण सार्वजनिक गर्नेछ । यसैगरी राहत खाद्यसामग्री प्राप्त गर्ने व्यक्ति तथा वहाँहरूलाई परेको समस्याको यथाशक्य उपलब्ध जानकारी सहितको नामावली दूतावासलाई पनि उपलब्ध गराउनेछ ।
६. यसरी प्राप्त समस्यासहितको सूचिको आधारमा राजदूतावासले नेपालीहरूलाई परेका विभिन्न समस्याका समाधानका लागि नेपाल र कतार सरकारका सम्बन्धित निकाय तथा रोजगारदाता वा अन्य सम्बन्धित पक्षहरूसँग समन्वय गर्नेछ ।
तसर्थ वर्तमान संकटका कारणले राहत खाद्य सामग्री आवश्यक पर्ने कतारमा रहेका नेपालीहरूलाई गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को फोन नं.74449592/50129900/70909722 इमेलः nrnancc.qatar2003@gmail.com मा सम्पर्क गर्नुहुन राजदूतावास अनुरोध गर्दछ ।
नेपाली राजदूतावास
दोहा, कतार
२०७७/०२/०९
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
