Jankari Kendra
९ भाद्र २०८३, मंगलवार
Worldlink

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको सरुवा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, जेष्ठ, २५
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको सरुवा

जेठ २५, काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटा गुणस्तर तथा नियमन महाशाखामा सरुवा भएका छन् । उनले प्रत्येक दिन मिडिया ब्रिफिङमार्फत् कोरोना संक्रमणका बारेमा अपडेट दिएका थिए ।

आइतवारको ब्रिफिङपछि उनले आफ्नो ठाउँमा डाक्टर जागेश्वर गौतम आउने बताए । ‘हामीले चैत ११ गतेदेखि मन्त्रालयबाट लाइभ शुरू गरेका थियौं,’ उनले भने, ‘आजसम्म ७६ दिन लाइभ गरियो । यसले मलाई धेरै कुरा सिकायो । म सरुवा भएर गएपछि भोलिबाट डाक्टर जागेश्वर गौतमले लाइभ गर्नुहुनेछ ।’

उनले मिडियाकर्मी र सम्बन्धित सबैलाई धन्यवाद भनेर मिडिया ब्रिफिङबाट विदा लिएका छन् ।

Top Changing Nepal

युट्युब सट्स