अबको केहि दिनमा कोरोना विरुद्धको ‘भ्याक्सीन’ पाइने, क्लिनिकल ट्रायल सफल
काठमाडौं । नेपाल सहित विश्वका २१३ वटा देश कोरोना भाइरसको महामारीले ग्रस्त बनेका छन् ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ४ लाख २१ हजार २ सय ३६ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ७५ लाख ३६ हजार ४ सय १२ जनामा संक्रमण फैलिएको छ । त्यस्तै हालसम्म ३८ लाख १९ हजार ८ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार ८ सय ९९ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
विभिन्न देशका वैज्ञानिक तथा डाक्टरहरु यसविरुद्धको भ्याक्सीन बनाउन लागि परेका छन् । यसैबीच सबैलाई खुशी बनाउने खबर आएको छ ।
अमेरिकाको बहुराष्ट्रिय औषधि कम्पनी जोनसन एण्ड जोनसनले कोरोना भाइरससँग लड्नका लागि टिका तयार पारेको छ ।
जसको जुलाईमा ह्युमन ट्रायल शुरु हुनेछ । कोरोना भाइरसविरुद्ध यस ट्रायललाई अहिलेसम्मकै सबैभन्दा ठूलो कदम मानिएको छ । किनभने क्लिनीकल ट्रायलमा यो टिका सफल भएको छ ।
जनावरमा ट्रायल सफल
जोनसन एण्ड जोनसनका वाइस प्रेसिडेन्ट तथा चीफ साइन्टिस्ट पोल स्टोफेलले बुधवार यो जानकारी दिएका छन् कि, कम्पनीद्वारा तयार गरिएको कोरोना भाइरसको टिका अहिलेसम्म आशाजनक रहेको छ ।
यस टिकालाई सार्स कोभिड २ को नाम दिइएको छ । उनले यो टिका जनावरमा गरिएको ट्रायलमा सफल भएको छ ।
त्यसपछि जुलाईमा अब यसको टिकाको ह्युमन ट्रायल हुनेछ । उनले भने, हामीले अब छिटे बजारमा आउने आशा गरेका छौँ ।
हरेक वर्गमा टेस्ट हुने
कम्पनीको तर्फबाट दिइएको बयानमा नयाँ टिकाको फेस १ र फेस २ को ट्रायलको आँकडाको समीक्षा जारी रहेको छ ।
यो बाहेक ह्युमन ट्रायलको बेला १८ देखि ५५ वर्षको वयस्कलाई सहभाथी गराईनेछ । साथै ६५ वर्ष भन्दा धेरै उमेरका मानिसमा पनि यसको ट्रायल हुनेछ ।
मानिसमा क्लिनिकल ट्र्रायलका बेला लगभग १ हजार ४५ संक्रमितमा टेस्ट गरेर हेरेनिछ ।
एजेन्सीको सहयोगमा (लोक पथ डटकम बाट )
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
