प्रेमिकाको ‘न्युड फोटो’ २ दर्जन पुरुषलाई पठाई पैसा अशुली गर्ने व्यक्ति यसरी परे पक्राउ
ठ ३०, काठमाडौँ | पैसा कमाउने गलत बाटो रोजेका खोटाङका युवा यतिखेर प्रहरी फन्दामा छन् । काठमाडौँ बसेर अध्ययन गर्दै आएकी इलामकी २१ वर्षीया एक युवतीलाई मायाँजालमा पारेर उनको ‘न्युड फोटो’ लिई विदेशमा बसेका २ दर्जनसँग पैसा अशुली गरेका खोटाङका एकराम राई पक्राउ परेका हुन् ।
प्रेमी एकराम राईले प्रेमिकाको न्युड तश्वीर लिएर विदेशमा रहेका नेपालीबाट पैसा अशुली गरेको कुरा उनको प्रेमिकालाई थाहा नभएको प्रहरीसामु बयान दिएका छन् । लकडाउनको समयमा प्रेमिका इलाममा रहेको र उनलाई थाहा नदिई प्रेमिकाकै नाममा फेक आइडी बनाएर प्रेमिकासँग सम्बन्ध राख्ने क्रममा खिचेको तश्विर पठाई पैसा माग्ने गरेको प्रहरीलाई आरोपित राईले बताएका छन् । प्रेमिकालाई कोठामा बोलाई फकाईफुल्याई शारीरिक सम्बन्ध राखेका राईले सोहि क्रममा त्यस्ता तस्बिरहरु खिच्न भ्याएका थिए । सोहि तश्वीरलाई प्रयोग गरि राईले विदेशमा रहेका नेपालीहरुमार्फत पैसा अशुली गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
यसरी पक्राउ परे राई
मलेसियामा रहेका एक जना युवालाई प्रेमिकाको फेक आइडीबाट रिक्वेष्ट पठाई राइले अशुली गर्न प्रयास गरेका थिए । सोहि क्रममा म्यासेन्जरमा कुरा हुँदै जाँदा मलेसियामा रहेका युवाले तश्वीर पठाउन आग्रह गर्दा सिधै सामान्य तश्वीर नपठाई न्युड फोटो पठाइन्छ । अनि केहि समयपनि कुनै समस्या देखाएर पैसा मागिन्छ । भिडियो र अडियो च्याट गर्न नमान्ने तर तश्वीर पठाउने भएपछि शंका लागेर ति युवकले पैसा पठाउदैनन् । तब मलेसियामा रहेका युवकलाई ७० हजार नपठाए साइबर क्राइमको मुद्दा लगाइदिने भन्दै डर देखाइन्छ । कुनै नक्कली फेसबुकबाट कसैको तश्वीर प्रयोग गरेर यस्तो काम भएको हुनसक्ने ठानेर ति युवाले तत्कालै घटनाबारे नेपालमा रहेका आफ्नो दाईलाई जानकारी गराउँछन् ।
युवकले दाई घटनाको विवरण लिएर महानगरीय अपराध महाशाखा टेकु पुग्छन् । प्रहरीले फेसबुक आइडीमाथि अनुसन्धान गर्छ । उक्त आइडी कहाँबाट चलेको छ भने थाहा पाएपछि प्रहरीले उक्त गिरोहमा संलग्नलाई पक्राउ गर्न मलेसियामा रहेका युवकको मद्धतमा पहिले पठाउन भनिएको ७० हजार पठाउन आग्रह गर्छन् । उक्त पैसा अर्कै व्यक्तिको नाममा पठाउन आग्रह हुन्छ र मलेसियाबाट ती युवकले पैसा पठाइदिन्छन् ।
पैसा झिक्न गएको मौका छोपी अशुलीमा सलग्न राई अपराध महाशाखाको फन्दामा पर्छन् । राईलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रेमिकाको नाममा आइडी खोली २ दर्जन व्यक्तिसँग अशुली गरेको उनले स्वीकार गर्छन् ।
प्रहरीसँगको बयानमा राईले आफूले पैसा कमाउने गलत बाटो रोजेको जानी-जानी उक्त काम गरेको जनाएको छन् । तर आफ्नै प्रेमीले यसरी आफ्नो तश्विरको दुरुपयोग गरेको बिषयमा उनको प्रेमिकालाई थाहा छैन । प्रहरीले राईको प्रेमिकालाई घटनाको विषयमा जानकारी गराईसकेको छ । राईमाथि उनको प्रेमिकाले साइबर क्राइमको मुद्धा चलाउने तयारी गरेकी छन् ।
काठमाडौँमा केटा-केटी समेत मिलेर फेक आइडी बनाई पुरुषहरुलाई ‘न्युड फोटो’ पठाएर पैसाको बार्गेनिङ गर्नेको गिरोहनै रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
