सरकारको विरोधमा आन्दोलन चर्किएपछि प्रचण्ड-माधव नेपाल गम्भीर छलफलमा
पछिल्लो समय सरकारको विरोध गर्दै लगातार सडक आन्दोलन चर्किएको छ । विवेकशील नेपालीको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास अगाडि विरोध प्रदर्शन भैरहेको छ । कोरोना राकेथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै युवाहरु सडकमा उत्रिएका छन् । पछिल्लो तीन दिन यता युवाहरुको ठूलो पँक्तिले सरकारलाई कि जाग, कि भाग भन्दै दबाब दिईरहेको छ । गृहमन्त्रालयले भने लकडाउन उल्लंघन गर्ने र अनावश्यक विरोध तथा प्रदर्शन गर्नेलाई कारबाही गर्ने भन्दै आज विज्ञप्ती निकालेर चेतावनी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली यस्तो विषम परिस्थितिमा समेत हल्का रुपमा प्रस्तुत भएको भन्दै प्रमुख प्रतिपक्षी दलका नेताहरुले समेत सरकारको आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीको हिजोको संसदको अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा चौतर्फी आलोचना र विरोध भैरहेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि सरकारको प्रभावकारितालाई लिएर शीर्ष नेताहरु असन्तुष्ट बनेका छन् । स्रोतकाअनुसार सरकारविरुद्ध विरोध तथा जुलुश हुँदा पार्टीलाई गम्भिर धक्का लाग्ने महशुस गर्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ आन्तरिक छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीका विभिन्न निकायका बैठकहरु बोलाउन आनाकानी गरेको भन्दै यी पाँच नेता रुष्ट बनेका छन् । सुरुदेखि नै स्थायी कमिटी बोलाउनुपर्ने अडान राख्दै आएका यी नेताहरु अब कसरी अघि बढ्ने भन्नेमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीमाथि उनीहरुले पार्टी र सरकार दुवै एकलौटी ढंगले चलाउन खोजेको गम्भिर आरोप लगाउँदै आएका छन् । अध्यक्ष दाहालले तत्काल सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई दबाब दिएका छन् । तर, तय भैसकेको बैठकसमेत बालुवाटारले अन्तिममा स्थगित गरेपछि ओलीसँग शीर्ष नेताहरुबीचको मनमुटाब झनै बढेको छ ।File Photo
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
