Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

२७३ कोरोना संक्रमित थपिए, कुल संक्रमित ५ हजार ३ सय ३५

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, जेष्ठ, ३१
२७३ कोरोना संक्रमित थपिए, कुल संक्रमित ५ हजार ३ सय ३५

काठमाडौं- नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७३ जनामा संक्रमण देखिएको हो।

आज थपिएका २७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। संक्रमितमध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला छन्।

पछिल्लो २४ घण्टामा थप ३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ९१३ पुगेको छ। जसमध्ये पुरुष ८२२ र महिला ९१ जना छन्।

कुल संक्रमितमध्ये १८ जनाको मृत्यु भएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

Top Changing Nepal

युट्युब सट्स