“सीमाको रक्षा गर्ने मधेसी लाइ भारतीय भनेर नहेप्न ” राजेन्द्र महतोको आग्रह
काठमाडौं, ३१ जेठ । राजपा नेपालका नेता राजेन्द्र महतोले संविधानप्रति आफूहरुको असहमति र असन्तुष्टि हुँदाहुँदै नेपाली भूमिको सवाल र राष्ट्रियताको सवाल आउँदा सहर्ष स्वीकार गरेको बताएका छन् । शनिबारको प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै नेता महताले यस्तो बताएका हुन् । उनले नक्सामा मात्रै नभएर भूमि नै फिर्ता गर्न पनि सरकारसमक्ष आग्रह गरेका छन् ।
उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभागमा समेटिनु सम्पूर्ण नेपालीको लागि खुसीको कुरा भएको बताए । यद्धपी उनले कसको पालामा ? र क कसले राष्ट्रघात गरे ? भन्ने कुराको छानबिन हुनुपर्ने कुरा उठाए । महतोले पटक-पटक महाकाली सन्धिको कुरा उठाउँदै भने,‘महाकाली सन्धिमै कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा उल्लेख हुनुपर्ने थियो । को राष्ट्रवादी, को हो राष्ट्रघाती त्यसको पहिचान हुनुपर्यो ? मधेसी नागरिकले राष्ट्रियताको सवालमा कति पटक अग्निपरीक्षा दिनुपर्ने हो ?’ अब देखि सीमाको रक्षा गर्ने मधेसी लाइ भारतीय भनेर नहेप्न महतोले संसद बाटनै आग्रह समेत गरेका थिए
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
