• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ साउन २०८३, बुधबार
०६ साउन २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
  • १४ घण्टा 

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
  • १४ घण्टा 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
  • १४ घण्टा 

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • १७ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • १७ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • १७ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • १९ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • २. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ३. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ४. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ६. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • ७. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ८. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ९. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

विद्यालय र कलेज भदौ यता नखुल्ने, कक्षा १२ को परीक्षा दशैं अघि गर्ने तयारी

admin २०७७, असार, १

विद्यालय, कलेजलगायत शैक्षिक संघसंस्था अझै दुई महिना नखुल्ने भएका छन् । कोभिड-१९ को जोखिमलाई दृष्टिगत गरी अझै दुई महिना शैक्षिक संघसंस्था नखोल्ने निष्कर्षमा सरकार पुगेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अझै दुई महिना विद्यालय र कलेज खुल्ने अवस्था नभएको बताएका छन् । उनले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा भने, ‘अझै दुई महिना विद्यालय र कलेज खुल्ने अवस्था बनेको छैन ।’ तत्काल विद्यालय नखोल्ने भएपछि सरकारले विकल्पका रुपमा टेलिभिजन र रेडियोमार्फत् अध्यापनको व्यवस्था बनाएको छ । अध्यापनको समय निकालेर व्यवस्था बनाएको हो ।

शिक्षा मन्त्रालयले दशैं अगाडि मात्र विद्यालय र कलेज खोल्ने तयारी गरेपछि निजी शैक्षिक संघसंस्थाले आन्तरिक तयारी गरेर दुरशिक्षा शुरु गरिसकेका छन् । अनलाइन कक्षा कतिपय निजी विद्यालयमा चलिरहेको छ । कतिपयले भर्ना पनि शुरु गरेका छन् ।

यसैगरी, कक्षा ११ को परीक्षाबारे शिक्षा मन्त्रालयले पछि गर्ने गरी तयारी गरेको छ । तर, कक्षा १२ को परीक्षा भने हुने भएको छ । तर, परीक्षा कहिले हुने भन्नेबारे शिक्षा मन्त्रालयले खुलाएको छैन । सम्भवत दशैं अगाडि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको बुझिएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ र १२ को भने परीक्षा लिनैपर्ने हुने बताए । उनले भने, हामीले कक्षा १० र १२ को परीक्षा गर्नुपर्नेथियो । परिस्थिति सामान्य भएपछि परीक्षा हुन्छ । अहिले ११ को परीक्षाको त्यस्तो हतार नभएको बताए । कक्षा चढाउनुपर्यो भने पछि परीक्षा गरेर पनि गर्न सकिने उनको भनाई थियो ।

पोखरेलले एसईई नै खारेजी नहुने बताए । एसईईको इतिहास लामे भएको भन्दै उल्लेख गर्दै भने, ‘अहिले पनि प्रहरी, सेना र सरकारी सेवामा जाँदा श्रमबजारमा कामसँग पनि गाँसिएको छ । अहिलेसम्म यो प्रमाणपत्रलाई लोकसेवाले पनि मान्यता दिइरहेको लगायतका धेरै पक्षहरु छन् ।’ एसईई नै खारेजीको विषयमा अझै छलफल नपुगेको बताए ।

परीक्षा अनुकूल समयमा गर्नुपर्ने भन्दै विश्वविद्यालयहरुको लागि नयाँ ढंगले सोच्नुपर्ने बताए । ‘हामीले जेठभरिमा शिक्षासम्बन्धी सबै विषयमा स्पष्ट पार्दै जान्छौं भनेका थियौ त्यो हुँदैपनि गएको छ,’ पोखरेलले भने ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

ताजा

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.