मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आफन्त संग चनाखो रहनु होला,खानपिनमा विचार पुराउनु होला,सामान्य चोट पटक लाग्ने योग छ ,आफ्नै विवेकले काम गर्नु होला,
आजको शुभ अंक ८ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
सहयात्रीले साथ छोड्ने छन्,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,पुरानो साथी भाई सगं भेटघाट हुनेछ,शिक्षा क्षेत्रमा सफल हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ,माता पिताको आशिर्वाद नै आजको दिन सफलताको मार्ग बन्नेछ,आजको शुभ अंक ४ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
मन भित्रको कुरा खुलेर राख्दा राम्रो अबसर प्राप्त हुनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,विविध काममा अवरोध आउनेछ,आजको शुभ अंक ३ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
बोलीमा विचार पुराउनु होला,अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला,स्वास्थ्यमा समस्या आउने छ,रिस लाइ काबूमा राख्नु होला,आजको शुभ अंक १ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
गरि रहेको काममा विरोध आउन सक्छ,संकल्प गरेको काम सफल हुनेछ,धार्मिक कार्य मान जानेछ,दैनिकी कार्य सहज हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
श्रीमान् श्रीमतीमा विवाद हुनेछ, मौन बस्दा राम्रो हुनेछ,लेनदेन आदिमा सफल भइनेछ,उधोग क्षेत्र मा लगानी बिस्तार गर्दा हुनेछ,
आजको शुभ अंक २ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
आर्थिक लाभ हुने काम सम्पादन हुनेछ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,भौतिक रुपमा सफल भइनेछ,समयले साथ दिनेछ,आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
मित्रता र प्रेम बन्धनमा विवाद हुनेछ ,पारिवारिक बिबादले गर्दा छिमेकी संग सम्बन्ध बिग्रिनेछ,खानपानमा विचार गर्नु होला,दिन भरि दोधारमा बित्नेछ,आजको शुभ अंक ५ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
अध्ययनमा समय दिन नसक्दा पछि परिएला,बोल्दा बिचार पुराउनु होला,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,मनमा कुरा खेल्नेछ, आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
सह मित्र संग चनाखो रहनु होला, धोका दिन सक्छन,स्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,मुद्दा मामिला परिनेछ,आजको शुभ अंक ११ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
व्यापार बाट फाइदा तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ,घरायसी खर्च बढ्नेछ,झुटा आरोप लाग्न सक्छ,
आजको शुभ अंक १० रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)