अहिलेका निकै चर्चित मन्त्रि लाल बावु पंण्डितले देशमा राम्रो काम गरेर सवै तिरबाट वाहि वाहि पाइरहनु भएको छ र उहाँको कामको छिट फुट बाहेक सबै तिर बाट प्रशंसा भैरहेको छ। अखिरको को हुन लाल बवु पंण्डित ? उनले के गरे ? र के गर्दै छन ?
नेपाल सरकारका सामान्य प्रशासन मन्त्रि लाल बावु पंण्डितको जन्म २०१५ साल मंसिर १९ गते सर्लाहीको धनगडा ६ मा भएको हो ।
उहाँले काठमाण्डौंको थापाथली क्याम्पसमा मेकानिकल ईन्जिनियरमा सर्टिफिकेट लेभलसम्मको अध्ययन गर्नु भएको छ भने जेल जीवनवाटै प्राइवेट पब्लिक एडमिनिस्टेसक्मा डिप्लोमा गर्नु भएको छ। उहाँको परिवारमा दिदि, दाइ, श्रीमती र छोरी हुनुहुन्छ उहाँले बालाजु यन्त्रशाला काठमाण्डौँमा जागिर खानु भयो भने २०३५/३६ सालको मजदुर अन्दोलनमा सहभागि भएर राजनितिक यात्रा सुरू गर्नु भएको थियो । उहाँ अन्दोलनकै क्रममा पटक पटक जेल पर्नु परेको थियो । उहाँ भुमिगत र पुर्ण कालिन पार्टि कार्यकर्ताको रूपमा मोरङमा ७ वर्ष बस्नु भएको थियो । २०४५ /४६ को आन्दोलन पछि प्रजातन्त्र अयो र २०४८ सालमा मोरङको क्षेत्र नम्बर ३ बाट उम्मेद्वार भएर चुनाब जित्नु भयो।२०५१ सालको चुनाबमा भने पराजित भएको थियो । वि. स. २०५६ मा पनि चुनाब जित्नु भयो । वि .स २०६४ को संविधानसभाको निर्वाचनमा समानुपातिबाट सभासद हुनु भयो । त्यति वेला अल्पसंख्यक तथा सिमान्तकृत समुदायको हक अधिकार समितिको सभापति बन्नु भएको थियो । पंण्डितले २०७० सालमा चाहिं चुनाव लड्नु भएको थिएन । अहिले नेपाल सरकारको सामान्यप्रशासन मन्त्रि हुनुहुन्छ । नेपालको संविधानअनुसार सपथखाएकोले त्यसै अनुरूप काम गर्ने वताउदै अउनु भएका मन्त्रि पंण्डितले राष्ट्रसेवक कर्मचारीले डिभी, पिआर र ग्रिनकार्ड लिन नपाउनेगरी कानुन बनाउन सफल हुनु भयो। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई अर्थ मन्त्रालयबाट ८० लाख रुपैयाँ आयो, नयाँ गाडी किन्नु भनेर । तर मन्त्री पण्डितले त्यो रकम लिनुभएन । उल्टै आफ्नो मन्त्रालयबाट साढे ३ करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गर्नुभयो । मन्त्री पद छोडेपनि आफु सामान्य नागरिक सरह सार्वजनिक गाडीमा चढ्ने बताउनु भएको छ । नेपालमा बसि विदेशी ग्रिन कार्ड, पीआर कार्ड लिनेमाथी कारवाही गर्ने प्रतिबद्धता गर्नु भएको छ। मन्त्री र सांसदलाई विदेशी नागरिकता पिआर लिन प्रतिवन्ध लगाउने कानुन पनि निर्माणको प्रक्रियामा छ।
मन्त्रि लाल बावु पण्डित को हुन ? के गरे ? र के गर्दै छन् ?
मन्त्रि लाल बावु पण्डित को हुन ? के गरे ? र के गर्दै छन् ?

तपाईको प्रतिक्रिया