मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
विविध कार्यमा अवरोध आउनेछ,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,आफन्त संग चनाखो रहनु होला,आजको शुभ अंक २ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
मौन बस्दा राम्रो हुनेछ,लेनदेन आदिमा सफल भइनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,आफूभन्दा ठुला मान्ने गुन्ने कुरा सुनाले धेरै काम बन्नेछ,आजको शुभ अंक १ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
स्वास्थ्यमा समस्या आउने छ,रिस लाइ काबूमा राख्नु होला,प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ,संकल्प गरेको काम सफल हुनेछ,
आजको शुभ अंक ४ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ,दैनिकी आहारविहारमा सचेत रहनुहोला,सामान्य चोट पटक लाग्ने योग छ ,आजको शुभ अंक ३ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
मुद्दा मामिला परिनेछ,खानपिनमा विचार पुराउनु होला,बेसुरमा काम गर्दा दु:ख पाइनेछ,पुरानो गतिले पनि काम बिग्रन सक्छ,
आजको शुभ अंक ६ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
विवीध काममा अवरोध आउनेछ,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,स्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,
आजको शुभ अंक ५ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
अरूको विश्वासमा पर्दा धोका हुन सक्छ,गरि रहेको काममा विरोध आउन सक्छ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,आजको शुभ अंक ८ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,बोलीमा विचार पुराउनु होला, कामको लगावले मनग्गे धन आर्जन हुनेछ,
आजको शुभ अंक ७ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
पारिवारिक बिबादले गर्दा छिमेकी संग सम्बन्ध बिग्रिनेछ, बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,घमण्ड त्याग गर्नु होला,आजको शुभ अंक १० रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
साँझदेखि आकस्मिक खर्च बढ्ने देखिन्छ,बोलीमा सुधार गर्नु होला,सहयात्रीले साथ छोड्ने छन्,सत्यको बोध नहुदा धोका पाइनेछ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला,रमाइलो जमघटमा सहभागी भइनेछ,भौतिक रुपमा सफल भइनेछ,समयले साथ दिनेछ,आजको शुभ अंक ९ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
दैनिकी कार्य सहज हुनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,आफ्नै विवेकले काम गर्नु होला,आजको शुभ अंक ४ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।