वैदेशिक रोजगारी खुला गर्ने सरकारको निर्णय
मनोज पराजुली ।असार ५, काठमाडौं । सरकारले वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदेशबाट विदामा आएका र करार अवधि बाँकि रहेकाहरुको लागि विदेशमा रोजगारीको लागि जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले साझा सवाललाई बताए ।
शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बिदामा आएर विदेश जान नपाएकाहरुको लागि जान दिने निर्णय गरिदिन कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेका थिए । सोहि सिफारिसका आधारमा श्रम स्वीकृतिको नयाँ निर्णय नगरिएको तर बिदामा आएर श्रम करार अवधि बाँकी भएकाहरुको लागि उडान अवरोध मात्र हटाइएको मन्त्री ज्ञवालीले जानकारी दिए ।
जो बिदामा आएका छन् उनीहरुको लागि मात्र हो उनले भने ‘जुनसुकै देशबाट नेपाल आएर विदेश जान नपाएकाहरू अब जान पाउनेछन् ।’ विदेशबाट नेपाली ल्याउन चार्टर गरिएको जहाज मार्फत जान सक्ने उनले बताए । सरकारले गत फागुन २९ गतेबाट श्रम स्वीकृति रोक्ने निर्णय गरेसंगै वैदेशिक रोजगारीको बाटो ठप्प रहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
